काभ्रेका ११ जुवाडे ७ लाख नगदसहित प्रहरी फन्दामा

  •   ३ वर्ष अघि | १३ साउन २०७८, बुधबार,    

काभ्रेको बनेपाबाट जुवा खेल्ने ११ जना पक्राउ भएका छन् । बनेपा नपा– १४ खालचौरको स्थाीय थोप्चेन तामाङको घरबाट पक्राउ गरेको हो ।

प्रहरीले अबैध रुपमा बाजी थापी जुवा तास खेली रहेको भन्ने बिशेष सुचनाको आधारम प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएपी हरि खतिवडाले बताउनु भयो ।

डिएपी खतिवडाका अनुसार गिरफ्तार हुनेमा बनेपा नपा १० जनागालका कृष्ण केसी,रोशि गाउँपालिका ३साजाकोटका पाराङ लामा भन्ने खड्ग सिं लामा , बनेपा १४ को साँगाका गणेश थापा, बनेपा ७ को धनेश्वरका अनिल मुस्याजु , रोशी गापा ३ को शिखर आम्बोटेका, हिरा लामा, रोसी १ हाल बनेपा ७ बस्ने चन्द्र लामा स्याङताङ, रोसी ३ हाल हाल बनेपा बस्ने बर्ष थर्कमान लामा, बनेपा ६का किशोर अधिकारी, धुलिखेल ११ सारदाबतासेका छिरिङ लामा, भक्तपुर सुर्यबिनायक ९ दिपक बस्नेत लगायत रहेका छन् ।११ जनालाई पक्राउ गरी उनिहरुको साथबाट ७ लाख १५ हजार ३५ रुपैया बरामद गरेको छ । बनेपा १४ खालचौर स्थित थोप्चेन तामाङको घरमा जुवातास खेलिरहेको उक्त समुहलाई साउन १२ गते मंगलबार साँझ पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

थप