ठगि गर्ने काङ्ग्रेस नेता विनोद तिवारीको नाममा मुद्दा दर्ता

  •   २ वर्ष अघि | ९ चैत्र २०७८, बुधबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे । धुलिखेल नगरपालिका वडा नं ११ का नेपाली काङ्ग्रेस क्षेत्र नं १ "ख" बाट सहसचिव पदमा निर्वाचित विनोद प्रसाद तिवारीले ठगि गरेको भनी भुपेन्द्र भारती ले लेनदेन ठगि मुद्दा दर्ता गरेका छन्।

सिन्धुपाल्चोक जिल्ला इन्द्रावती नगरपालिका वडा नं १ का भुपिन्द्र भारतीलाई विभिन्न प्रवोलनमा पारी नगद लिएको तर  तीन बर्ष भईसक्दा पनि पैसा दिन्छु भन्ने पैसा  नदिने गरेकोले भुपेन्द्र भारतीले जिल्ला अदालत काभ्रेमा बाध्य भएर मुद्दा दर्ता गरेको बताएका छन्।


उहाँ भन्नुहुन्छ नजिकैको घनिष्ठ चिनजानको आधारमा पैसा लेनदेन भयो तर पैसा फिर्ता भएन । पटक पटक गरि धेरै बिन्ती गर्दा पनि पैसा नदिएकाले मुद्दा हाल्नु भन्दा अन्तिम विकल्प मैले देखिन उहाँले आँखा भरि आँसु राखि बताउनुभयो ।    विनोद तिवारी

खाई नखाई जम्मा गरेको १५ लाख ४४ हजार रुपैयाँ विनोद तिवारी लाई दिए। पछि उसले पैसा हैन जग्गा दिन्छु  भनेर पनि आश देखायो तर ३ बर्ष सम्म न पैसा नै दियो न जग्गा नै मैले पनि ठुलो दुख गरेर कमाएको पैसा हो। पैसा दिएको प्रमाण सहितको कागज पनि मसँग छ।

मेरो यो पैसाले धेरै व्यवहार लथालिङ्ग भएको छ। 

मेरो घरमा परिवारका सदस्य हरु संग पनि तालमेल विग्रिन लागिसकेको छ।

अब म के गरौ कमाएको रकम सबै खाइदिएपछि बाध्य भएर मुद्दा दर्ता गरे कानुनले मलाई न्याय गर्छ भन्नेमा म ढुक्क छु। 

थप