काभ्रे । बनेपामा २०७७ जेठमा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले जनतालाई सेवा सुविधा सरल हिसाबले दिइरहनुभएको छ।
प्रमुख प्रशासकीय अधिकृतको प्रतिवद्धता सुशासन (व्यवस्थापन तथा संचालन ) ऐन २०६४ तथा नियमावली २०६५ निजामती सेवा ऐन २०४९ तथा नियमावली २०५० स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार प्रशासनिक कार्य हरुलाई व्यवस्थित र मर्यादित बनाउनुभयो।
२०७५ सालमा लोक सेवा बाट उपसचिवमा नाम निकालेर रामगोपालपुर नगरपालिकामा एक बर्ष र बर्दिवास नगरपालिकामा एक बर्ष प्रमुख प्रशासकीय अधिकृत भएर सेवा दिनुभएको हो।
नगर प्रमुख लक्ष्मि नरहंसिंह वादेले हामी निर्वाचित भएपछि यी नगरका गौरवको योजना चण्डेश्वरी १६०० सय सिडि , पुण्यमाता करिडोर निर्माण , बासडोल सडक ,फोहोर व्यवस्थापनको पहल , जनगाल बृहत् खानेपानी योजना,काभ्रे भिमसेन पर्यटन प्रवर्द्धन विकासको लागि बृहत् कार्ययोजना सहित विकास योजना हरुलाई प्रथामिकतामा दिइएको बताउनुभयो ।
कोभिड सँक्रमितको उपचारका लागि जिल्ला कै ठुलो र व्यवस्थित आइसोलेसन सेन्टर निर्माण गरिएको ।
आइसियु र भेन्टिलेटर सुविधा सहितको अस्पताल सँग सम्झौता गरी कोभिड संक्रमितको उपचार गरिएको ।
नगरको प्रथम पञ्चवर्षीय आवधिक योजना निर्माण ,नम्बर प्लेट र मानिसको फेस रिड हुने सिसि क्यामेरा हाइवेमा जडान गरि निगरानी , राजस्व अनलाइन बाटै तीर्नेको लागि इ - सेवा सँग सम्झौता ,सबै वडा बाट स्वास्थ्य सेवा प्रवाह ,वडा नं ११ मा करिब ३ करोडको लगानीमा शान्ति पार्कको ठेक्का प्रक्रिया अघि बढेको नगर प्रमुख वादेले बताउनुभयो ।
प्रशासकीय अधिकृतले कुनै पनि सेवाग्राही लाई झुलाउने र अल्मल्याउने काम गर्नु हुदैन हुने काम गरि हाल्ने र नभएको कामलाई सुझाव दिने उप्रेतीको बानि रहेको सेवाग्राहीहरु बताउँछन् ।
बनेपा एक व्यापारीक केन्द्र हो, यहाँ दैनिक करोडौं को व्यापार व्यवसाय हुने गर्छ। यहाँबाट दैनिक लाखौं मानिसहरुको आवतजावत हुन्छ । त्यसको लागि राजमार्गलाई व्यवस्थापन गरि सहज गर्नेको लागि कार्य भईरहेको छ उप प्रमुख रेखा सापकोटा दाहालले बताउनुभयो ।