ईप्रका बनेपा प्रमुख नारायण थापाको सक्रियता तिव्र : समातिए लागू औषध कारोबारी

  •   २ वर्ष अघि | १५ साउन २०७९, आइतवार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे । ईप्रका प्रमुख नारायण थापाको सक्रियता बढेको छ। खोजतलास तथा अनुसन्धानका गर्ने क्रममा  बनेपा नगरपालिका वडा नं  १० जनागालमा १४ गते बिहानको  समयमा लागू औषध कारोबार भईरहेको  गोप्य सूचनाको आधारमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।


ईप्रका बनेपाबाट  खटिएको प्रहरी गस्ति टोलिले ३०२ एम्पुल DIAZEPAM, ३०२ एम्पुल PHENERGAN र ३०२ एम्पुल NOOPHIN गरि एकमुष्ट ९०६ एम्पुल लागू औषध बरामद गरेको हो।

 बारा पिपरपाती गाउपालिका वडा नं ४ बस्ने ३५ बर्षको समसोदिन मिया, बनेपा नगरपालिका वडा नं १० बस्ने २८ बर्षको सविन हुमागाई र बारा डुमरवाना ४ बस्ने ३८ बर्षकि  संगिता चौधरीलाई प्रहरीले  नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।

 उक्त लागू औषध विरगंज पर्सा वस्ने मानिसहरूले दिई पठाएको भन्ने प्रहरीको अनुसन्धानबाट खुल्न आऐकोले ईप्रका प्रहरी प्रमुख नारायण थापाको सक्रियतामा लागू औषध कारोबारी पक्राउ गर्न सफल भएको हो।

प्रहरी टोलिले स्थानिय प्रहरीसँगको सहकार्यमा  बारा कलैया उप महानगरपालिका १२ बस्ने वर्ष अ. २७ को पवन कुमार शाह र विरगंज महानगरपालिका २४ पर्सा बस्ने अ. वर्ष २७ को शेषनाथ शाहलाई विरगंज पर्साबाट नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको बताएको छ ।

थप