को हुन् नेकपा एमाले मेयर पदका उम्मेदवार रत्नकुश रन्जितकार

  •   २ वर्ष अघि | २२ बैशाख २०७९, बिहिबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे  । बनेपा नगरपालिका वडा नं ८ मा जन्मनु भएका रत्नकुश रन्जितकार एक सामान्य परिवारका व्यक्ति हुनुहुन्छ।
उहाँको परिवार निम्न आए भएको परिवार हो।
बुबा सिदार्थ रन्जित स्कुलको जागिरे गर्नुहुन्थ्यो ।
उहाँले गरेको जागिरबाट परिवार पाल्नुपर्ने बाध्यता थियो रन्जित परिवारमा समय बित्दै गयो रत्नकुश रन्जित कामको शिलशिलामा बिदेश जानू पर्यो मकाउ मा उहाँले केहि बर्ष संघर्ष का जीवन र समय विताएर नेपाल आउनुभयो । केही आर्थिक उन्नति भएपछि विस्तार उहाँको जिवनमा आर्थिक समुन्नतिले पछ्याउँदै गयो। उहाँले एउटा विद्यालय स्थापना गर्नुभयो । जुन अहिले बनेपा नगरपालिकामा राम्रो  शिक्षा प्रदान गर्ने विद्यालयमा पर्दछ।
जिवनका अनेक संघर्ष र ठक्कर खाएर अगाडि बढेका रन्जित को मार्केटिङ व्यवसाय पनि अहिले राम्रो नै चलिरहेको छ।
विश्वमा कोरोना भाइरस को संक्रमण बढेसँगै नेपालमा पनि यसले प्रभाव पार्यो साना व्यवसाय गर्ने को व्यवसाय ठप्प भयो । रोजगारी हुनेको रोजगारी गुम्यो दैनिक ज्याला दारी गरि खानेको हालत खराब  हुदै गयो । तर व्यवसायी तथा समाजसेवी रत्नकुश रन्जितले  १२ सय घरपरिवारलाई खाद्यान्न ,लता कपडा, मेडिसिन ,आदि राहत स्वरुप वितरण गरि पुण्य को कार्य गर्नुभएकोले ती गरिब आमा बुवा र सेवा गरिएका व्यक्तिको आशिर्वादले रत्नकुश रन्जितको  जित सुनिश्चित भएको नगरबासीहरु बताउँछन् ।
नगरका चिर परिचित युवा हरेक कुरामा ज्ञान भएको विकास गर्ने भिजन भएको  केटाकेटी देखि बुढा बुढी हरुसँग मिजासिलो सेवा भावनाले भरिएको मन यस्ता युवालाई विजयी गराउन बनेपा नगरबासी सबै आतुर रहेको देख्न सकिन्छ ।
रत्नकुश रन्जित लाई विजयी गराउन बनेपाली आम जनताहरु आतुर रहेको देख्न सकिन्छ ।

विजयी भएपछि के-के गर्छन् बनेपामा  मेयर उम्मेदवार रत्नकुश रन्जित

नेकपा एमालेबाट बनेपा नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनुभएका मेयर पदका उम्मेदवार रत्नकुश रञ्जितकारले अब बनेपाबाट परिवारवाद र सामन्ती शासन सधैका लाथि अन्त्य गरिने बताउनुभएको छ ।
बनेपा नगरपालिका विभिन्न ठाउँहरुमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गनुृहुँदै उहाँले बनेपाको संवृद्धि र विकासका लागि सामन्तीहरूको पराजय र नेकपा एमालेको विजय अनिवार्य भएको बताउनुभयो ।
इतिहासदेखि जनतालाई झुकाएर शासन गर्नेहरु जनता झुक्याउन लागि परेको भन्दै उहाँले सबैले सचेत हुनु पर्ने बताउनुभयो । आफ्नो र परिवारको स्वार्थमा राजनीतिलाई दुरुपयोग गर्नेहरू फेरी पनि सलबलाइरहेको बताउँदै उहाँले अब सचेत बेनेपालीले स्वार्थका लागि राजनीतिक बेमानी र गठ जोड गर्नेहरूलाई पछार्ने बेला आएका बताउनुभयो ।
बनेपामा सामन्तीहरु गणतन्त्रको यो समयमा पनि उच्च जातिय अहांकारको राजनीतिमा व्यस्थ भएको बताउँदै उहाँले गरिब, श्रमजिवी जनताको समृद्घिको सपना पुरा गर्न नेकपा एमालेले जित्न आवश्यक भएको बताउनुभयो । ‘परिवार पोस्न केही तत्वहरु सल्बलाइरहेका छन्, हामी सिंगो बनेपाको सवृद्घिका लागि हिडिरहेका छौ, गलत र सही जनताले छुट्याउनुहुनेछ, एमालेको विजयले बनेपाबाट सामन्तीहरुको राजनीति सधैको लागि अन्त्य गरिदिनेछ ।’ उहाँको भनाई थियो । उहाँले आफु मजदुर र गरिखाने वर्गको प्रतिनीधि भएको बताउँदै श्रमजिवि जनताको हक हितका लागि सधै लागि पर्ने बताउनुभयो । उहाँले बनेपाका सामन्तबादीहरुको अब चेन ब्रेक गरिने बताउनुभयो ।
बनेपाका समान्तहरुलाई उहाँले अब राजनीतिमा हैन पेशा व्यवसाय गरेर बस्न सुझाव दिनुभयो । पटक पटक बनेपालीहरुलाई झुक्याएर सत्तामा पुगेकाहरु फेरी पनि टिकट नपाएपछि भाइ भतिजा बोकेर हिडेको भन्दै उहाँले उनीहरुलाई अब सुतेर बस्न र बेक्कारको पैसा खर्च नगर्न चुनौती दिनुभयो ।
बनेपामा आफुले ४२ सय मतको अन्तरले निर्वाचन जित्ने ठोकुवा गर्दै उहाँले आफु निर्वाचित भएमा पाँच बर्षमा बनेपाको विकास र सवृद्घिमा कायापलट गरिने बताउनुभयो । रञ्जितकारहरु भनेका जन्मजात नै मजदुर भएको बताउँदै उहाँले आफुहरुको धाँको काटेर श्रम गर्ने श्रमजिवीको प्रतिनीधि भएको बताउनुभयो । उहाँले भाग्यले साथ दिएर आफु सफल व्यवसायी भएको बताउँदै निर्वाचित भए पाँचवर्ष बनेपालीहरुको सेवामा आफ्नो सबै समय खर्चिने बताउनुभयो ।

थप