पनौती काग्रेंसमा हुमगाईको पेलान :नगरबाट सिफारिश आकाक्षीहरुको सबै नाम ‘चैट्’

  •   २ वर्ष अघि | १० बैशाख २०७९, शनिबार,     एक्टिभ मिडिया संवाददाता

पनौती । काभ्रेको पनौती नगरपालिकाका नगर कमिटीले काग्रेंसबाट नगरमा उठ्न चाहने मेयर उपमेयरका आकाक्षीको नाम  सिफारिस गरेर पठाए पनि उक्त नामहरू बाटैमा फेरिएको तथ्य खुलेको छ । अकाक्षीहरुको नाम बाटैमा हटाएर नयाँ नाम टिकटका लागि सिफारिस भएको तथ्य खुलेसँगै यत्तिखेर पनौती काग्रेंस विक्षिप्त छ । आकाङ्क्षी देखिएका र बैठकले सिफारिस गरेका कुनै पनि व्यक्तिले टिकट नपाउने पक्का पक्की भएसँगै पनौती काग्रेंसमा चुनाव हराउन पार्टीकै नेता लागेको आरोप लाग्न थालेको  छ । नगर भेलाबाट मेयर र उपमेयरका आकाक्षीहरुलाई सिफारिस गरेर पठाइए पनि काँग्रेसले तलबाट पठाइएका कुनै पनि नामावलीलाई टिकट नदिने भएसँगै सबै आकाक्षीहरु नेताको विरुद्ध एक भएका छन् । 

काग्रेंसका केन्द्रीय प्रभावशाली नेता शिव हुमागाईँको बलमा नगरबाटै नाम कटाइए पछि पनौती नगरमा मेयरका आकाङ्क्षीहरू भेला भएर नगर कमिटीले पठाएका नामबाटै टिकट नआए  परिणाम जे पनि आउने र त्यसको जिम्मेवार पार्टी हुनु पर्ने चेतावनी दिन थालेका छन् । मेयर पदका आकाङ्क्षीहरू  भोला थापा
,राजेन्द्र पसछे, धन बहादुर जगम,महेश पौडेल, बिजयराम कर्माचार्य,दिनेश हुमागाईँ,प्रल्हाद के.सी, प्रदीप बोगटी,अर्जुन बञ्जारा,सुमेश थापा,राघब सिध्वापान र उपमेयरका आकाक्षीहरु राजेश कुमार श्रेष्ठ,सुमित्रा आचार्य बञ्जारा, आरती सापकोटा, अनिता बस्नेतले जिल्ला काग्रेंसलाई आफूहरूको कुरा सुन्न र आफूहरू मध्ये नै टिकट दिलाउन नेताहरुलाइ ध्यानाकर्षण गराएको हो । 
उनीहरुले नेपाली काँग्रेस जिल्ला कार्य समितिलाई पत्र लेख्दै आकाङ्क्षीहरूको नामावली समावेश गरी पाउँ भनी निवेदन दिएका हुन् । प्रस्तुत विषयमा नेपाली काँग्रेस केन्द्रीय कार्य समितिले आसन्न स्थानीय निर्वाचनका लागी मेयर उपमेयरका आकाङ्क्षी उमदवारहरुको नामावली सिफारिस गर्न गरेको अनुरोध अनुसार पनौती नगर कार्य समितिका  सभापति पदाधिकारी र आकाक्षीहरु बीच पटक पटक भएका छलफलले पठाएका नाम हटाई अरुकै नाम मात्र पठाएकोले आफूहरू निराश भएको उल्लेख छ । 

थप