जङ्ग बहादुर जंगम पनौती ७ मा नेकपा एमाले बाट अध्यक्ष हुने पक्का पक्की

  •   २ वर्ष अघि | ९ बैशाख २०७९, शुक्रबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे । पनौती नगरपालिका वडा नं ७ मा  जङ्गबहादुर जंगम को नेकपा एमाले बाट वडा अध्यक्षको उम्मेदवार हुने पक्का पक्की रहेको एमाले निकट स्रोतले जनाएको छ।

 ७ नं  वडा  मा राम्रो छाप रहेका व्यवसायी तथा समाजसेवी जङ्ग बहादुर जगंम को वडामा जित्ने सम्भावना बलियो रहेको देखिन्छ । 

जङ्ग बहादुर  सामाजिक कार्य मा अग्रसर राजनीतिमा अग्रसर व्यक्तित्व हुनुहुन्छ ।

 कोरोनाको समयमा अग्र पङ्तिमा जनता को सेवामा तल्लीन रहनुभएका जङ्ग बहादुर जंगम पनौती वडा नं  ७ मा चीर परिचित व्यक्ति हुनुहुन्छ ।

युवा,बृद्ध सबैको मनमा बस्न सफल  नयाँ सोच नयाँ भिजन भएका  जङ्गम सँग पनौती वडा नं ७ मा भिड्न नेकपा एमाले बाटै अगाडि कम्मर कसेका हरिकृष्ण श्रेष्ठ, सबिन ताम्राकार , बद्री दास सैंजु भन्दा जनताले रुचाएका र भरपर्दौ उम्मेदवार मा जङ्गम पर्ने  एमाले वडा नं ७ का नेताहरुले बताएका छन्।

जङ्गम निर्वाचित हुने हो भने पनौती वडा नं ७ मा धेरै विकास हुने जनताहरुको विस्वास आफुमाथी रहेको जङ्गबहादुर जंगमको भनाई छ।


थप