लायकु क्लबले प्रथम बनेपा मेयर कप भलिबल प्रतियोगिता गर्ने

  •   २ वर्ष अघि | ४ पुस २०७८, आइतवार,    

काभ्रे । लायकु क्लब बनेपा आयोजना र बनेपा नगरपालिकाको विशेष सहयोगमा पुष १३ देखि १७ गतेसम्म काभ्रे जिल्ला स्तरीय बनेपा मेयर कप भलिबल प्रतियोगिता गरिने भएको छ ।

लायकु क्लब बनेपाका अध्यक्ष बिक्रम प्रजापतिले प्रथम बनेपा मेयर कप जिल्ला व्यापी पुरुष भलिबल प्रतियोगिता हुने  जानकारी दिए । खेल खेलाडीका लागि मात्र नभएर यसकोे माध्यमबाट देशको सार्वभौमिता जोगाउन समेत उपयोग गरिनुपर्ने अध्यक्ष प्रजापतिले बताए ।

उक्त प्रतियोगीतामा १७ वटा टिमको सहभागीता हुने विश्वास गरिएको छ । प्रतियोगीतामा प्रथम, द्धितिय तृतिय र सान्त्वना हुनेलाई क्रमश ५० हजार, २५ हजार, १५ हजार र ७५०० नगद पुरस्कारको व्यवस्था गरिएको प्रजापति  ले बताए।

पहिलो चरणमा लायकु क्लब बनेपाले बनेपा नगरमा बसोबास गर्ने महिला तथा पुरुषलाई तीन महिने भलिबल प्रशिक्षण कार्यक्रम गरेको थियो भने अहिले आएर प्रतियोगिता नै संचालन गर्ने भएको छ ।

उक्त प्रतियोगितामा भाग लिन एउटा टिम दर्ता गरेको ३००० लाग्ने आयोजकले जानकारी दिएको छ भने यहीँ पौष ११ गते भित्र टिम दर्ता गर्न आयोजकले आवहान गरेको छ । भलिबल प्रतियोगिता लायकु-८ बनेपामा हुने छ ।

थप