विश्वराम कार्कीको 'कतिन्जेल बस्नु' सार्वजनिक, सन्चिताको अभिनय

  •   ४ हप्ता अघि | २० चैत्र २०८०, मङ्लबार,     मणिराम दाहाल

काठमाडौं । गायक विश्वराम कार्कीले नयाँ गीत ल्याएका छन् । 'कतिन्जेल बस्नु' बोलको गीतको भिडियो उनले आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन् । गीतमा शब्द र संगीत पनि उनकै रहेको छ । संगीत संयोजन जिवन बडुले गरेका हुन् । 

दिनेश डाँगीको निर्देशन रहेको भिडिओमा गायक कार्कीसँगै मोडल सन्चिता शाहीलाई देख्न सकिन्छ । साथै भिडियोमा हेन्सी रिदम क्षेत्रीको पनि अभिनय रहेको छ । डेनिश खनालको छायांकन रहेको भिडियो दिन्सन शाहले सम्पादन गरेका हुन् । दुईदिन अघि सार्वजनिक भएको भिडियोको युट्युवमा अपेक्षित भ्युज भने छैन । यो समाचार तयार पार्दासम्म जम्मा २ हजार ७ सयले हेरेका छन् ।https://youtu.be/D_bQJb_6xVA?si=plKbN6YkGAu-mPml

थप