धुलिखेलमा आकाश भैरव क्लबले मेयर कप फुटबल आयोजना गर्ने

  •   २ वर्ष अघि | २३ मंसिर २०७८, बिहिबार,    

काभ्रे  – धुलिखेलमा मंसिर २६ गतेदेखि मेयर कप फुटबल प्रतियोगिता आकाश भैरव क्लवले गर्ने भएको छ।  आकाश भैरब क्लबले धुलिखेलमा मेयर कप फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

क्लबले आज धुलिखेलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो । प्रतियोगितामा पहिलो हुने टिमले २ लाख र दोस्रो हुने टिमले १ लाख रूपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा हालसम्म २० टिम पुगिसकेको क्लबले जानकारी दिएको छ । क्लबले २०७४ सालदेखि मेयर  कप फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख सहित शिल्प, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले नगद १ लाख सहित शिल्प, मेडल र प्रमाणपत्र उपलब्ध गराइने प्रतियोगिता संयोजक जयोज नरसिं श्रेष्ठले बताउनु भयो ।
प्रतियोगितामा ए डिभिजन, सी डिभिजन क्लबका समेत गरी काठमाडौँ, भक्तपुर, सिन्धुली र काभ्रे जिल्लाका क्लबहरू २० टिम सहभागी हुँदैछन् ।

थप