काभ्रे ।काभ्रेपलान्चोक जिल्लामा कार्यक्षेत्र रहेको उग्रतिर्थ साकोसको १२ औँ साधारण सभा सम्पन्न भएको छ । उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ साधारण सभा आज (आइतबार) बनेपाको अरनिको पार्टी प्यालेसमा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष मोहन गजुरेलको सभाध्यक्षतामा, बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम मा वडा नं ५ का वडा अध्यक्ष वलराम अधिकारी , उद्योग वाणिज्य संघ काभ्रेका महासचिव रविन्द्र वैदार उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले समग्र सहकारी क्षेत्रमा देखिएका समस्यालाई समाधानका लागि निति निर्माण गर्न आफूले पहल गर्ने बताए ।
संस्थाका सचिव शान्तमणी रिजालले आर्थिक वर्ष ०७७/०७८को वार्षिक साधारण सभा प्रस्तुत गर्नुको साथै कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, सेयर सदस्य लगायत उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थाका उत्कृष्ट कर्मचारी सबिना थापा र सबिता चित्रकारलाई पुरस्कृत गरिएको थियो भने संस्थाको संचालक समितिका सचिव शान्तमाणी रिजाललाई गोल्ड मेडलद्वारा सम्मानित गरिएको थियो ।
युवा व्यवसायी, समाजसेवी तथा दि ग्राण्ड गुण्डु रिसोर्ट भक्तपुरका अध्यक्ष विज्ञान राई, प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझी, नेपाल सरकारका पूर्व उप–सचिव तथा सहकारी विज्ञ हरि वशिष्ठ, कोपोरेटिभ म्यानेजर क्लब (सिएमसी)काभ्रे का अध्यक्ष बिबेकराज ठकुरी लगायतले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभामा सदस्यहरुबाट उठेका जिज्ञासा र सल्लाह सुझावहरुलाई सम्बोधन गर्दै सभाध्यक्ष मोहन गजुरेलले श्रम गरेर खानेहरुको संकलन गर्ने र व्यापार व्यवसाय गर्नेहरुको प्रर्बद्धन गर्न संस्थाले जोड दिएको बताए ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
उग्रतिर्थ सहकारीको १२ औ साधारणसभा सम्पन्न - प्रमुख अतिथि प्रदेश मन्त्री "चन्द्रलामा"
- ५ वर्ष अघि | १० असोज २०७८, आइतवार,