मुआथाई किक बक्सिङका चम्किलो तारा निखिल राजवाहक यतिबेला कहाँ छन्?

  •   २ महिना अघि | १ फाल्गुन २०८०, मङ्लबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका वडा नं ९ मा जन्म लिएका निखिल राजवाहक मुआथाई किंक बक्सिङ  खेलाडी मात्र हैनन् उनी काभ्रेका हिरा हुन, एक ताका उनको भारतमा पनि निकै  चर्चा थियो।

२०२२ मा भारतमा भएको मुआथाई खेलमा स्वर्ण सहित सम्मानित उनिले भारतमा धेरै वटा खेलमा आफुलाई अब्बल पुष्टि गरिसकेका छन् ।

तर आजकाल उनलाई खेलमा देख्न र उनको चर्चा पनि भएको सुनिदैन । 

निखिल मुआथाई  खेलमा जादा निकै चलाखी अपनाउने खेलाडी मध्ये पर्दछन। उनले एक मिनेट भन्दा तल नै नकआउटका टेक्निक अपनाउने गरेको उनी बताउँछन् ।

उनलाई यस खेलको निकै चासो छ तर सरकारले यस्तो खेललाई प्राथमिकता मा नराखेकाले हामि जस्ता खेलाडी पलायन हुनुपर्ने बाध्यता रहेको उनि बताउँछन् ।

यस्ता अन्तर्राष्ट्रिय खेलमा नेपालले खेलाडीलाई प्रोत्साहन गर्ने र अवसर प्रदान गर्ने संगसगै खेलको विकासका  लागि सरकारले खेलाडीलाई प्रशिक्षण गर्ने जरुरी देखिन्छ ।

उनले खेलेका खेलको लिङ्क

youtube.com

https://youtube.com/watch?v=5jZUfQ5mcLE&si=Kqk4pyHENZKfObHQ