निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

नेप्सेको ओरालो यात्रा कायमै करोबार रकम भने आठ अर्ब माथि

  •   २ वर्ष अघि | ९ बैशाख २०८२, मङ्लबार,     जयराज बजगाँई

काठमाडौ ।साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३६ प्रतिशत अर्थात ९.९६ अंकले घटेर २६८८.३२ विन्दुमा सीमित बनेको छ ।

आज नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबै समुहहरु रातम्मे भयो  । आज अन्य समूह सर्वाधिक अर्थात २.०५ प्रतिशतले बढ्यो । होटल समूह १.०४, उत्पादन तथा प्रशोधन १.११ र व्यापार समूह ०.६६ प्रतिशतले बढ्यो ।  

     लगानी समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज १.७७ प्रतिशत, बैंकिङ ०.६५, विकास बैंक १.६३,फाइनान्स ०.४२, हाईड्रो ०.५३, जीवन बीमा ०.१३, लघुवित्त ०.२५, म्युचुअल फण्ड ०.३६ र निर्जीवन बीमा समूह ०.३२ प्रतिशतले घट्यो ।

थप