निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

नेप्सेमा गिरावट २७ सय विन्दु तल झर्‍यो

  •   २ वर्ष अघि | ८ बैशाख २०८२, सोमवार,     जयराज बजगाँई

काठमाडौ । नेपाल स्टक एक्स्चेन्ज NEPSE अघिल्लो दिनको तुलनामा ७.७५ अंकले घटेको छ । हप्ताको पहिलो दिन २७०६.०४ मा बन्द भएको कारोबार सोमबार दिनभरको कारोबार भएर २६९८.२८ मा बन्द भएको छ । 

२९६ कम्पनिको २१२०३७६६ कित्ता सेयर कारोबार हुदा ८ अर्ब ७७ करोड बढिको कारोबार भएको छ । 

     नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज हाईड्रो समूह सर्वाधिक अर्थात ०.७८ प्रतिशतले बढ्यो । विकास बैंक समूह पनि आज ०.१४ प्रतिशत,लगानी ०.११,उत्पादन तथा प्रशोधन ०.२१,लघुवित्त ०.०२, म्युचुअल फण्ड ०.३३ र व्यापार समूह ०.०४ प्रतिशतले बढ्यो ।  

होटल समूह आज ०.६३ अंकले बढ्यो ।  आज घटेका ५ वटा समूहमध्ये फाइनान्स समूह सर्वाधिक घट्यो । यो समूह आज १.०७ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.७५ प्रतिशत,जीवन बीमा ०.११, निर्जीवन बीमा ०.०४ र अन्य समूह ०.९० प्रतिशतले घट्यो ।

थप