निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

बचत संघको दलिय भागवण्डा उपाध्यक्षमा दावीबिरोध,कार्यकर्ता व्यवस्थापनमा हम्मेहम्मे

  •   १० महिना अघि | ६ पुस २०८२, आइतवार,     एक्टिभ मिडिया

काभ्रे। जिल्ला बचत संघ काभ्रेपलान्चोक २८ साधारणसभा तथा निर्वाचनमा दलिय भागवण्डा भएसँगै अध्यक्षमा एमालेबाट उदयराम कायस्थ ,सचिवमा साविक माओवादीबाट राजन अधिकारी ,कोषाध्यक्षमा नेपाली काङ्ग्रेसबाट जीवन श्रेष्ठ ,लेखासमिति संयोजक शिवप्रसाद आचार्य नेकपा एमाले , माओवादी बाट सदस्य नवराज केसी , सदस्य राजकुमार आचार्य शिक्षक हुन।

तर उपाध्यक्ष पदमा सागरनाथ कपाली र नेपाली काङ्ग्रेस बाट निर्मला श्रेष्ठको मनोनयन परेको छ।

निर्मला श्रेष्ठ नारी चेतना केन्द्र बनेपाको अध्यक्ष भएर नारी जागरणबाट प्रतिनिधि भई आएको हुनाले दाविबिरोध परेको छ। निर्वाचन आचारसंहिता अनुसार जुन संस्थामा प्रतिनिधित्व गरेको हो । उहीँ संस्थामार्फत प्रतिनिधि बन्ने व्यवस्था छ।

लेखा सुपरिवेक्षण समितिको सदस्य पदमा उम्मेदवारी दिने शिक्षक राजकुमार आचार्य निर्विरोध निर्वाचित भएका हुन। तर उनी शिक्षक हुन। यस्ता खाालका निर्वाचन आचारसंहिता विपरीत विभिन्न पदमा निर्वाचित भइरहदाँ निर्वाचन उपसमितिका पदाधिकारी हरुले के हेरेर बसेका छन्। भन्ने आरोप सहकारी अभियान्ता हरुले लगाइरहेका छन्।

थप