सामुदायिक प्रहरी साझेदारी अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम बनेपामा सम्पन्न

  •   २ वर्ष अघि | २३ भदौ २०७९, बिहिबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे । जिल्ला  बनेपा नगरपालिकाको सभाहलमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

 जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीको अध्यक्षतामा, बनेपा न.पा.को नगरप्रमुख  शान्ति रत्न शाक्यको प्रमुख आतिथ्यता, प्र.जि.अ. हुमकला पाण्डे ,उद्योग बाणिज्य अध्यक्ष  राजेन्द्र पसछे, लगायतका व्यक्तिहरुको उपस्थिति थियो ।

 शिक्षण सस्थाहरुको प्रतिनिधिहरु, बैंक तथा बित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधी हरु, बिभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु, यातायात व्यवसायीहरुको सहभागितामा समुदाय-प्रहरी  साझेदारी अन्तर्गत पालिका स्तरिय नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

 प्रहरी कार्य संग सम्बन्धित सहभागीका जिज्ञासा,गुनासो,सल्लाह र सुझाबको सन्दर्भमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीबाट कार्यान्वयनको प्रतिवद्धता सहित सम्बोधन भएको  थियोे ।

थप