निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

प्रेस चौतारी काभ्रेको शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम

  •   १ हप्ता अघि | ३० असोज २०८३, शुक्रबार,     एक्टिभ मिडिया

धुलिखेल– प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोक शाखाले बडा दशैँ, शुभ दिपावली, नेपाल संवत तथा छठ पर्वको पावन अवसरमा बिहिबार शुभकामना आदनप्रदान तथा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रेस चौतारी काभ्रेका अध्यक्ष केदारनाथ तिमल्सिनाले वर्तमान कार्यसमितिले हालसम्म सम्पादन गरेका महत्त्वपूर्ण उपलब्धि र गतिविधिबारे विस्तृत जानकारी गराएका थिए । अध्यक्ष तिमल्सिनाले पत्रकारहरूको हितका लागि अक्षय कोष स्थापना, संगठनलाई मार्गनिर्देश गर्न २ वर्षे रणनीतिक कार्ययोजना निर्माण, कार्यक्षमता वृद्धि र सिकाइका लागि अन्तर जिल्ला अवलोकन भ्रमण, तथा संगठन सुदृढीकरणका लागि सदस्यता शुद्धीकरण एवं सुदृढीकरण अभियान सञ्चालन गरिएको बताए । त्यस्तै, संस्थागत पारदर्शिताका लागि बैंक खाता सञ्चालन गरिएको र संस्थाको स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत न्यानो कपडा वितरण लगायतका पत्रकारको क्षमता विकासका विविध दिवसीय कार्यक्रमहरू निरन्तर भइरहेको उनले जानकारी दिए ।उक्त अवसरमा बोल्दै उपस्थित सरोकारवाला तथा अग्रज पत्रकारहरूले प्रेस चौतारी काभ्रेले पत्रकारिता र संगठनको हितमा गरिरहेका कार्यहरूको खुलेर प्रशंसा गरेका थिए । कार्यक्रमका वक्ताहरुले वर्तमान कार्यसमितिको सक्रियताको सराहना गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक र क्षमता अभिवृद्धिका कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष एवं प्रेस चौतारी काभ्रेका सल्लाहकार विनोद कुमार न्यौपाने, पूर्व अध्यक्षहरू मोतिराम तिमल्सिना र भोजराज तिमल्सिनाको उपस्थिति रहेको थियो ।त्यसैगरी प्रेस चौतारीका केन्द्रीय सदस्य नवराज बजगाँई, पूर्व अध्यक्षहरू सुरेश हुमागाँई, राजकुमार पराजुली, दयाराम महत, भुवन रायमाझी, वागमती प्रदेश सचिव जगत तामाङ, सामुदायिक रेडियो प्रशारक संघका जिल्ला अध्यक्ष रमेश न्यौपाने, सल्लाहकार मधुसुदन गुरागाँई, नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं प्रेस चौतारीका सह–इन्चार्ज अरविन्द्र गौतम लगायत ठूलो संख्यामा प्रेस चौतारीकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा शाखाका उपाध्यक्ष सन्तोष चौलागाईंले उपस्थित अग्रजहरूबाट प्राप्त भएका महत्वपूर्ण सुझावहरुलाई आत्मसात गर्दै आगामी दिनमा संगठनलाई अझ सशक्त र मर्यादित ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रेस चौतारी नेपाल काभ्रेपलान्चोकको शुभकामना आदनप्रदान कार्यक्रममा प्रेस चौतारी नेपालका पुर्व अध्यक्ष दयाराम महतले  रु १०,००० र प्रेस चौतारी नेपालका सदस्य रमेश न्यौपानेले रु ५५५५ र पत्रकार महासंघका पुर्व अध्यक्ष भोजराज तिमल्सिनाले रु ११११  प्रेस चौतारी नेपाल काभ्रेपलान्चोकको कोषमा सहयोग गर्नुभएको छ।

थप