काभ्रेपलान्चोक जिल्लामा मंसिर १७ गतेबाट फोटोसहितको मतदाता नामावली संकलन हुने

  •   १ वर्ष अघि | १४ मंसिर २०७८, मङ्लबार,    

काभ्रे ।काभ्रेपलान्चोक जिल्लामा  यहि मंसिर १७ गतेबाट फोटो सहितको मतदाता नामावली संकलन सुरु हुने भएको छ ।
जिल्ला निर्वाचन कार्यालय काभ्रेले धुलिखेलमा राजनीतिक दल, पत्रकार एवं सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी गराएको हो ।

पुस ८ सम्म दुई चरणमा पालिका केन्द्रमा नामावली संकलन गरिने जिल्ला निर्वाचन अधिकारी उमेश कुमार राईले जानकारी दिनुभयो । पहिलो चरणमा मंसिर १७ गतेदेखी मंसिर २६ गतेसम्म बनेपा नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका तथा खानीखोला गाउँपालिका, बेथानचोक गाउँपालिका र रोशी गाउँपालिकाको केन्द्रमा मतदाता नामावली संकलन हुनेछ ।
यस्तै दोस्रो चरणमा मंसिर २८ गतेदेखी पुस ८ गतेसम्म मण्डनदेउपुर नगरपालिका, नमोवुद्ध नगरपालिका, चौरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिका, भुम्लु गाउँपालिका र महाभारत गाउँपालिकामा यसअघि छुटेका तथा नयाँ नाम थप्नेहरुको नामावली संकलन हुनेछ ।

धुलिखेल नगरपालिकामा भने जिल्ला निर्वाचन कार्यालय नजिकै रहेकाले जिल्ला निर्वाचन कार्यालयले नै समेट्ने निर्वाचन अधिकारी राइले बताउनुभयो ।

थप