निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

बनेपा सोसियल युथ काउन्सिलद्वारा शुभकामना आदानप्रदान

  •   २ हप्ता अघि | २५ असोज २०८३, आइतवार,     एक्टिभ मिडिया

काभ्रे ।बनेपा सोसियल युथ काउन्सिल, बनेपा काभ्रेको आयोजनामा बडादसैँको अवसरमा शुभकामना आदानप्रदान, एसईई परीक्षा दिएका विद्यार्थीलाई सम्मान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा विभिन्न समयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। साथै, बडादसैँको अवसरमा शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव, एकता र सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले चियापान कार्यक्रमसमेत आयोजना गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा काभ्रे उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्द्र वैदार सहभागी हुनुहुन्थ्यो। त्यसैगरी सामाजिक अभियन्ता सागर कापाली, सिरक–डसना संघका अध्यक्ष रामशरण दाहाललगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमले विद्यार्थीहरूको हौसला अभिवृद्धि गर्नुका साथै सामाजिक एकता र आपसी भाइचारालाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

थप