निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

काभ्रे मोबाइल व्यवसायी संघद्वारा कानुनी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

  •   १ महिना अघि | २७ भदौ २०८३, शनिबार,     एक्टिभ मिडिया

काभ्रे ।काभ्रे मोबाइल व्यवसायी संघको आयोजनामा व्यवसायीहरूलाई लक्षित गर्दै कानुनी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममार्फत व्यवसाय सञ्चालनका क्रममा व्यवसायीहरूले सामना गर्न सक्ने विभिन्न कानुनी झमेला, चुनौती तथा तिनका कानुनी समाधानका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।


कार्यक्रमका प्रमुख अतिथि प्रताप बैद्य रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता काभ्रे मोबाइल व्यवसायी संघका अध्यक्ष मधुर दाहालले गर्नुभएको थियो। कार्यक्रममा नेपाल मोबाइल ब्यवसायि महासंघका केन्द्रीय सदस्य प्रेम दाहाल, बागमती प्रदेश सदस्यज्यूहरू लगायत विभिन्न अतिथिहरूको उपस्थिति रहेको थियो।


कार्यक्रममा संघका आजीवन सदस्य तथा सदस्य व्यवसायीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। संघले करिब ६० जना व्यवसायी साथीहरूलाई कार्यक्रममा प्रमाणपत्र वितरण गरेको कार्यसमिति सदस्यहरूले जानकारी दिएका छन्।


कार्यक्रमका क्रममा समसामयिक व्यवसायिक विषयवस्तुहरूमा समेत विशेष छलफल गरिएको थियो। संघका सचिव श्री पवनराज कर्णजित (बनेपाली) ले कार्यक्रमको उद्देश्य, गतिविधि तथा व्यवसायीहरूको हितका लागि संघले आगामी दिनमा सञ्चालन गर्ने योजनाका बारेमा जानकारी दिनुभएको थियो।


कार्यक्रमका प्रमुख अतिथि प्रताप बैद्यज्यूले समसामयिक विषयमा आफ्ना धारणा राख्दै काभ्रे मोबाइल व्यवसायी संघले सञ्चालन गर्ने जुनसुकै रचनात्मक तथा व्यवसायी हितका कार्यक्रममा काभ्रे उद्योग वाणिज्य संघले हातेमालो गर्दै आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


उक्त कार्यक्रमको समन्वय काभ्रे उद्योग वाणिज्य संघले गरेको थियो भने प्राविधिक सहयोग एभरेष्ट एण्ड एशोसिएट्सका सञ्चालकहरू मनिष ढकाल, सरोज हुमागाईं तथा प्रयास सापकोटाबाट प्राप्त भएको थियो। उहाँहरूको सहकार्यमा सञ्चालन गरिएको कानुनी तालिममा व्यवसायीहरूले आफ्नो व्यवसाय सञ्चालनका क्रममा सामना गर्न सक्ने कानुनी समस्या, सम्भावित झमेला तथा तिनको कानुनी समाधानका उपायहरूबारे स्पष्ट रूपमा जानकारी प्रदान गरिएको थियो।


कार्यक्रममा व्यवसायीहरूको हक, हित र सुरक्षालाई प्राथमिकतामा राख्दै आगामी दिनमा विभिन्न संघ–संस्था तथा सरोकारवाला निकायहरूसँग सहकार्य गरी व्यवसायी लक्षित कानुनी, प्राविधिक, व्यावसायिक तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।


कार्यक्रमको सञ्चालन काभ्रे मोबाइल व्यवसायी संघका सचिव श्री पवनराज कर्णजित (बनेपाली) ले गर्नुभएको थियो।


कार्यक्रमको अन्त्यमा संघका अध्यक्ष मधुर दाहालज्यूले कार्यक्रममा उपस्थित सम्पूर्ण प्रमुख अतिथि, विशिष्ट अतिथि, सहयोगी संस्था, प्रशिक्षक तथा सम्पूर्ण व्यवसायी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि व्यवसायीहरूको हकहितका लागि संघ निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो। उहाँले सबैको साथ, सहयोग र सहभागिताको अपेक्षा गर्दै कार्यक्रम सम्पन्न भएको घोषणा गर्नुभएको थियो।

थप