निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

काठमाण्डौको दरबारमार्गमा आज गाडी चलाउन नपाइने

  •   २ वर्ष अघि | ३ असोज २०८१, बिहिबार,     एक्टिभ मिडिया संवाददाता

काठमाडौ ।काठमाण्डौको दरबारमार्ग मूल सडकमा आज गाडी चलाउन नपाइने भएको छ । आज रातिसम्मकै लागि गाडीको आवागमनमा रोक लगाइएको छ ।

संविधान दिवसको दिन आज असोज तीन गते दरबारमार्गमा हुने साङ्गीतिक कार्यक्रमका लागि स्टेज बनाउने काम भइरहेको छ । काम भइरहेकाले यो क्षेत्रमा गाडी चलाउन रोक लगाएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेटतर्फ जाने गाडीलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने गाडीलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने गाडीलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ ।

सरकारले संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडीखेलमा गर्ने र बेलुका नारायणहिटी दरबार अगाडिको सडकमा साङ्गीतिक कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

थप