बनेपामा अत्याधुनिक प्यालेस सञ्चालनमा एकैचोटि २५ सय जना सम्म सेवा दिन सकिने

  •   ३ महिना अघि | ५ माघ २०८०, शुक्रबार,     एक्टिभ मिडिया संवाददाता

 काभ्रे । जिल्लाको बनेपा नगरपालिका वडा नं ७ आइटी पार्कमा अत्याधुनिक सुविधा सम्पन्न पाटी प्यालेस लोटस इभेन्ट रिसेप्सन सञ्चालनमा आएको छ।

करिब १२ करोड लगानी रहेको प्यालेसमा एकैचोटि २५०० सय जना सम्मलाई सेवा दिन सकिने सञ्चालकले जानकारी दिएका छन् ।

तीनवटा प्रमुख नगर धुलिखेल, बनेपा र पनौतीको संगम श्रीखण्डपुर नजिकै बनेपा नगरपालिका ७ नम्वर वडामा जिल्लाकै हालसम्मकै ठुलो एकै पटक २ हजार ५ सय भन्दा धेरैलाई सेवा उपलब्ध गराउने गरी लोटस इभेन्ट रिसेप्सन प्रा.लि संचालनमा आएको छ ।


संचालक रामईन्द्र न्यौपानेका अनुसार जिल्लाकै उत्कृष्ट ‘इभेन्ट म्यानेजमेन्ट भेन्यु’ का रुपमा स्थापित गराउने उदेश्यले लोटस इभेन्ट एण्ड रिसेप्सन प्रा.लिको शुरुवात गरिएको छ । ‘जिल्लाकै एक उत्कृष्ट, गुणस्तरीय इभेन्ट, सभा सम्मेलन, गोष्ठी, मेलाजस्ता कार्यक्रम आयोजना गर्ने उपयुक्त गन्तब्य बनाउने उदेश्य छ’–संचालक न्यौपानेले भने–‘जिल्लामा रहेका विभिन्न जात जातीका धर्म, संस्कृतिमा आधारित सेवाग्राहीहरुको आवश्यकता अनुसारका सप्पूर्ण सेवाहरु निमन्त्रणा कार्ड, फोटोग्राफी, भिडियो र स्टिल क्यामेरा, ब्याण्ड बाजा, पुरोहित, ड्रेस डिजाईन, मेक अफ आर्टिस्ट लगायतका सेवा यहि उपलब्ध हुनेछन् ।’ जिल्लामा यस्तो प्रकारको सेवा सहितको ब्यवस्थापन भएको पहिलो हो ।

यस्तो छ विज्ञप्ति 

थप