उग्रतिर्थ सहकारीको बनेपामा सुविधा सम्पन्न आफ्नै भवन

  •   २ वर्ष अघि | ४ भदौ २०७८, शुक्रबार,    

काभ्रे। जिल्ला बनेपा नगरपालिका वडा नं ७ मा उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्थाले आफ्नै भवनबाट सेवा सुरुवात गरेको छ ।

बनेपा-७ स्थित संस्थाको भवन शुक्रवार उद्धघाटन गरी सेवा शुभारम्भ गरेको हो । उद्घाटन कार्यक्रममा पूर्व उपसचिव हरि वशिष्ठ, युवा व्यवसायी विज्ञान राई, नुनम सुब्बाले संयुक्त रुपमा उद्धघाटन गर्नुभएको थियो ।

३२ सय शेयर सदस्य रहेको सहकारीमा ४ करोड ५० लाख शेयर पुँजी छ । ४५ करोड ऋण लगानी गरेको संस्थामा ४२ करोड बचत रहेको रिजालले जानकारी दिनुभयो ।
२०६५ सालमा दर्ता भएर ४ बर्षअघि औपचारिक रुपमा कारोबार थालेको संस्थाले स्थापना दिवसको अवसर पारेर प्रत्येक बर्ष १० जना विद्यार्थीलाई छात्रवृती प्रदान गर्दै आएको छ । सहकारीले एकल महिलाको लागि विना धितो २ लाखसम्म सहुलियत कर्जा उपलव्ध गराउँदै आएको पनि अध्यक्ष मोहन गजुरेलले दिनुभयो ।

थप