निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

मण्डनदेउपुर नगरपालिकामा ९९ करोड बजेट

  •   ५ वर्ष अघि | १० असार २०७८, बिहिबार,    

काभ्रे, जिल्ला मण्डनदेउपुर नगरपालिकाले आर्थिक वर्ष २०७८।७९ का लागि नीति तथा कार्यक्रम र नवौं बजेट  नगरसभामा प्रस्तुत गरेको छ । 
 नगरसभामा नगरप्रमुख टोकबहादुर वाइवाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन् ।नगरपालिकाले आर्थिक वर्षका लागि ९९ करोड ५ लाख ९२ हजार १ सय ४२ रुपैयाँ बजेट सार्वजनिक गरेको छ । 
उक्त बजेट मध्ये चालुतर्फ ५४ करोड २० लाख ९७ हजार १ सय ४२ र पुँजिगत तर्फ ४४ करोड ८४ लाख ९५ हजार रहेको छ ।
नीति तथा कार्यक्रमले शिक्षा स्वस्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ ।  नगरपालिकाले प्रत्येक वडामा पूर्वाधार विकासका लागि ४० लाखका दरले बजेट विनियोजन गरको छ । यसैगरी नयाँगाउँ नगरकोट सडक कालोपत्रे गर्न ८ करोड ३० लाख बजेट छुट्याएको छ ।

थप