काभ्रे, जिल्ला सहकारी संघ लि. काभ्रेको आयोजनामा ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विविध कार्यक्रम गरी सम्पन्न गरेको छ ।
देशैभर ६४ औ राष्ट्रिय सहकारी दिवस भब्यताका साथ मनाइदै गरिरहेका बेला जिल्ला सहकारी संघ लि. काभ्रेले जिल्लामा रहेका सबै प्रकृतिका सहकारी संस्था, अभियानकर्मीहरुको उपस्थितीमा विविध कार्यक्रम सम्पन्न गरेको हो । चैत्र १९ गतेका दिन करिव ३०० जना सहकारीकर्मीहरुको उपस्थितीमा कृषिका समस्या समाधानका लागि सहकारीको भूमिका बिषयक एक दिवसीय गोष्ठि सम्पन्न गरेको जिल्ला सहकारी संघले चैत्र २० गतेका दिन बिहानै जिल्ला सहकारी संघमा राखिएको नेपालको राष्ट्रिय झण्डा तथा अन्र्तराष्ट्रिय सहकारी महासंघको झण्डा फेर्ने तथा रोवर्ट ओवनको फोटोमा पुजा तथा माल्यार्पण गर्ने कार्यक्रम एक समारोहका बीच सम्पन्न गरेको छ ।
जिल्ला सहकारी संघ लि. ले २० गतेकै दिन आफ्नै प्रांगणमा खुल्ला रक्तदानको कार्यक्रम समेतको आयोजना गरेको हो । बिहान ११ बजे देखि २ बजेसम्म गरेको रक्तदान कार्यक्रममा ५३ जना सहकारीकर्मीहरुले रक्तादन गर्नुभएको जिल्ला सहकारी संघ लि.का अध्यक्ष दिलिप शर्माल ेजानकारी दिनुभएको छ । कार्यक्रममा रक्तदानकर्ताहरुका लागि फलफुल, जुस, अण्डा, निम्कि, जेरी सहित व्यवस्था गरेको उक्त कार्यक्रममा रक्तदान कार्यक्रम सम्पन्न गर्ने बित्तिकै प्रमाणपत्र समेत हस्तान्तरण जिल्ला सहकारी संघ लि.का अध्यक्ष दिलिप शर्माले गर्नुभएको थियो । निकै हर्सोल्लासका साथ सम्पन्न उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको र जिल्ला सहकारी संघले आफ्नो इतिहासमा पहिलो पटक रक्तदान जस्तो पवित्र कार्य गरेको र यस्ता सामाजिक उत्तरदायित्व अन्तरगतका कार्यक्रमहरु जिल्ला सहकारी संघले गर्दै जाने कुरा संघका अध्यक्षले जानकारी गराउनु भयो । त्यस्तै संघले आफ्नो कार्यालयमा दीपावली कार्यक्रम समेत सम्पन्न गरेको छ ।
कार्यालयमा मैनबत्ती सहित केक काटी ६४ औं राष्ट्रिय सहकारी दिवस मनाएर जिल्लामा रहेका सबै सहकारी संस्था र संघहरुलाई समेत हर्सोल्लासका साथ दिवस मनाउन सबै अभियानकर्मीहरु माझ अपिल समेत गरेको छ ।