निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

राष्ट्रिय सहकारी दिवसमा जिल्ला सहकारी संघ काभ्रेले विभिन्न कार्यक्रम गर्दै

  •   ६ वर्ष अघि | १८ चैत्र २०७७, बुधबार,    

काभ्रे, जिल्ला सहकारी संघ काभ्रेले  ६४ औ राण्ट्रिय सहकारी दिवसको अबसरमा विविध कार्यक्रम आयोजना गरि मनाउने भएको छ ।  'मर्यादित व्यवसाय र प्रविधिमा सहकारी' भन्ने थिम सहित जिल्लामा रहेका सबै अभियन्ता, सहकारीकर्मी र संस्थासंघहरुमा सूचना  जारी गर्दै भोली  'नेपालमा कृषि समस्या समाधानका लागि सहकारीको भूमिका ' विषयक एक दिवसीय गोष्ठिको आयोजना गर्ने जनाएको छ । नेपाल सरकारका सचिव गोपिनाथ मैनालीले उक्त कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्ने संघले जनाएको छ ।  

सहकारी संघले चैत्र २० गतेका दिन संघमा रहेको नेपालको राष्ट्रिय झण्डा फेर्ने तथा पूजाँ गर्ने कार्यक्रम रहेको र सोहि दिन ११ बजे देखि रक्तदान कार्यक्रम आयोजना गर्ने एबं बेलुका साँझ ७ बजे संघको कार्यालयमा दीपावली कार्यक्रम समेतको आयोजना गर्ने  संघका अध्यक्ष दिलिप शर्माले बताए  । संघले आफ्ना सहकारी सदस्य संस्थासंघहरुका लागि पत्राचार, अपिल र विभिन्न सामाजिक सञ्जाल मार्फत सूचना समेत जारी गर्दै आइरहेको छ । 

संघका अध्यक्ष शर्माले यो बर्षको राष्ट्रिय सहकारी दिवसलाई भब्य रुपमा सफल बनाउन जिल्लामा रहेका सबै संघसंस्था, अभियानकर्मी र सम्बद्ध सबैमा हार्दिक अनुरोध समेत गरेका छन । जिल्ला सहकारी संघमा आर्थिक कारोबार गरेका सहकारी संस्थाहरु मध्ये उत्कृष्ट  ३ वटा संस्थालाई संरक्षित पूजी फिर्ता कोषको रकम हस्तान्तरण गर्ने कार्यक्रम भोली रहेको संघका अध्यक्ष  शर्माले जानकारी दिए ।  जिल्ला सहकारी संघ लि. काभ्रे जिल्लामा रहेका १४९५ वटा सहकारी संस्थासंघहरुको छाता संघ रुपमा रहेको छ । जिल्लामा सहकारीहरुको प्रवद्र्धन, विकास र समृद्धिका लागि कार्यहरु गर्दै आइरहेको संघले ६४ औं राष्ट्रिय सहकारी दिवसका सन्दर्भमा जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गर्ने जनाएको हो ।

थप