निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

बनेपा भित्रका १४ वडाकै नमुना माटोको परिक्षण

  •   ३ वर्ष अघि | ११ पुस २०८०, बुधबार,     मणिराम दाहाल

काभ्रे ।बनेपा नगरपालिकाको १ देखि १४ वटा वडाबाट नमुना माटो उपलब्ध गरि आज माटोको बनेपा नगरपालिकाको कृषि शाखामा परिक्षण गरिएको छ।

बनेपा नगरपालिका द्वारा आयोजना गरिएको  माटो परिक्षणमा बनेपाका सबै वडाबाट माटो ल्याएर परिक्षण गरिएको छ।

माटो परिक्षणमा बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्य ,उपप्रमुख विमला सापकोटा दाहाल ,प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईं विभिन्न वडाबाट कृषि पेशा सँग सम्बन्धित व्यक्तिहरूको उपस्थिति थियो ।

१४ वटै वडाहरु बाट ३०० माटोको नमुना सङ्कलन गरि माटोको अबस्था वारे जाँच गरिएको छ ।

माटो ph र प्राङ्गारी पदार्थ सहित को नमुना परिक्षण गरिएको छ । उक्त माटो परिक्षण को लागि बागमती प्रदेश क्षेत्रिय माटो प्रयोग शाला वाट माटो  विज्ञहरूको टोलिले माटो परिक्षण गरेको हो।

माटोको नमुना परिक्षणको नतिता र माटोको अवस्था बारे शुक्रबार मात्र थाहा हुने बनेपा नगरपालिका कृषि शाखा प्रमुख दिपेश दुलालले जानकारी दिनुभयो ।

थप