बनेपामा नक्कली बजार अनुगमनकर्ताको बिगबिगी : दुईजना पक्राउ

नक्कली देखि सावधान

  •   २ महिना अघि | १० फाल्गुन २०८०, बिहिबार,     मणिराम दाहाल

काभ्रे । जिल्ला  बनेपा नगरपालिका वडा नं ०५ घसिला मार्ग स्थित उपभोक्ता मञ्च नेपालबाट अनुगमन गर्ने भनि आएका दुई  जना नक्कली  ब्यक्तीहरुलाई  प्रहरीले  पक्राउ गरेको छ ।

घसिला मार्ग स्थित वडा नं ५ मा रहेका बेकरी पसलहरुमा आई आफुहरू उपभोक्ता हित संरक्षण मञ्चबाट अनुगमनको लागी आएको बताई पसलको दर्ता प्रमाणपत्र प्यान नम्बर, खाद्यको प्रमाणपत्र माग्दै व्यापारीहरुलाई ठगी गरिरहेको बेला प्रहरीले दुई जनालाई बनेपाबाट पक्राउ गरेको डिएसपी राजकुमार श्रेष्ठले बताउनुभयो ।

व्यापारीहरूले पसलको डकुमेन्ट पसलमा नराखेका हरुले मोबाईलमा देखाउँदा पसलमा किन नराखेको तपाईलाई कारबाही हुन्छ, तपाईको पसल सिल गरिदिन्छु भनि डर देखाई मिलाउने भए   पन्ध्र हजार रुपैयाँ मात्र लाग्छ भनि मागेकोमा गल्ति गरेको छैन दिन सकिदैन भन्दा ल ठिकै छ दश हजार रुपैयाँ मात्र दिनु कुरा मिल्छ नत्र तपाईलाई अप्ठ्यारो पर्ला भनि डर देखाई नगद दश हजार रुपैयाँ लिइ ठगी गरेको प्रहरीले जानकारी दिएको छ।

 निज व्यक्तीहरु बेकरी पसल अनुगमन गर्न भनि अर्को बेकरीमा प्रबेश गरेको देखि प्रहरीलाई खबर गरेपश्चात तत्काल ईलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी टोली खटिई गई निजहरुलाई कानुनी रितपुर्वक खानतलासी गरी जरुरी पक्राउ पुर्जी दिई अनुसन्धानको निम्ती कार्यालयमा ल्याएको  डिएसपी राजकुमार श्रेष्ठले  बताउनुभयो ।

पक्राउ परेका व्यक्तीहरूः-

    1.जिल्ला भक्तपुर सुर्यबिनायक न पा वडा नं.७ वस्ने लक्ष्मी प्रसाद न्यैपानेको छोरा बर्ष ५० को वासुदेव न्यैपाने,

    2.जिल्ला काठमाण्डौ का म न पा वडा नं. २९ घर भइ हाल जिल्ला भक्तपुर सुर्यबिनायक न पा वडा नं.७ बस्ने लक्ष्मी नारायण पोखरेलको छोरा वर्ष ५२ को रोशन पोखरेल

बरामद सामानहरुः-

    1.उपभोक्ता मञ्च नेपाल ( Nepal consumers Forum) संस्थाको नाम लेखी बनाईएका निजहरुका नामका परिचय पत्र थान २, 

    2.नोकिया कि प्याड मोबाईल थान - १,

    3.Intex screen touch mobile थान - १,

    4.Samsung Screen Touch Mobile थान -१,

    5.नगद रु ३,५००/- (तिन हजार पाँच सय रुपैया।)

अनुसन्धान कार्यः-

प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेका संकितहरु उक्त संरक्षण मञ्चका कुनै पनि जिम्मेवार पदमा नरहेको तथा निजहरूको साथमा रहेको परिचयपत्र समेत नक्कली रहेको खुल्न आएकोले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २४९ बिपरित ठगी कसुर गरेको देखिएको हुँदा सम्मानित जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट दिन पाँच(५) म्याद अनुमती लिई विस्तृत अनुसन्धान कार्य भइरहेको बताइएको छ।


थप