निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

ग्रामिण विकास बहुउदेश्यीय सहकारी संस्थाको २५ औ रजत जयन्ती कार्यक्रम

  •   २ वर्ष अघि | २८ चैत्र २०८१, शुक्रबार,     मणिराम दाहाल

काभ्रे / बनेपा नगरपालिका वडा नं ३ मा रहेको ग्रामिण विकास बहुउदेश्यीय सहकारी संस्था ली. को २५ औ रजत जयन्ती भव्य रुपमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ।

बनेपा नगरपालिका उप प्रमुख विमला सापकोटाको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष लक्ष्मण दाहालको सभापतित्वमा रजत जयन्ती सम्पन्न भएको हो ।

प्रमुख अतिथी सापकोटाले ग्रामिण स्तरमा जनताको जिवन स्तर सुधार गर्न सहकारीले महत्वपुर्ण भुमिका खेलेकोमा प्रशंसा समेत गर्नुभयो । जनताको आर्थिक रुपमा जसरी सहज पहुँच पुगेको छ त्यो सहकारीका कारणले पुगेको हो सापकोटाले भनिन । हुदाँ बचत गर्ने र आवश्यक पर्दा कर्जा लिने आफ्नो समस्या समाधान गर्ने सहकारी एउटा माध्यम बनेको सापकोटाको भनाई थियो । 

कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष लक्ष्मण दाहालले संस्थामा १ हजार ८ सय सदस्य रहेको, ५ करोड भन्दा बढी कारोबार गर्न सफल भएको, रजत जयन्तीको अबसरमा विभिन्न कार्यक्रमहरु गर्दे आएको बताए । जेष्ठ नागरीकहरुलाई तिर्थटान, कृषकहरुलाई तरकारी खेती तालिम, बाल सदस्यहरुको अन्तर विद्यालयय हाजिरी जवाफ प्रतियोगिता र ३ नम्बर वडा कार्यालयलाई २ वटा लिफ्टीङ मेशीन हस्तान्तरण गरिएको दाहालले बताए । ग्रामिण भेगमा थोरै रकमबाट शुरु गरिएको सहकारी आज वडाको उत्कृष्ट रहेको र आगामी दिनहरुमा जिल्लाकै नमुना बनाउने लक्ष्य राखेको दाहालले बताए । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठ, वडा नम्बर ३ का वडा अध्यक्ष रमेश दाहाल, संस्थाका प्रमुख सल्लाहाकार एवं पुर्व वडा अध्यक्ष कृष्ण प्रसाद दाहाल, डाईनमिक युवा साकोसका बरिष्ठ उपाध्यक्ष पुरुषोतम बजगाई, लेखा तथा सुपरिबेक्षण समितिका संयोजक तारानाथ सिग्देल लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष मैया दाहालले राखेकी थिईन् । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्ति, संस्थापक सदस्यहरुलाई सम्मान गरिएको थियो ।

थप