काभ्रे । बनेपा नगरपालिका वडा नं ३ चुनतालमा सक्रिय जनसमुदायहरुले आफ्नो टोल र बस्तीमा सकारात्मक परिवर्तन गर्नेका निमित्त गठित बाटामुनि खानेपानी तथा सरसफाइ समिति गठन गरेर आफ्नो पहिलो साधारणसभा प्रमुख अतिथि बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्यको उपस्थितिमा सम्पन्न गरेको हो।
साधारणसभा कार्यक्रम धुलिखेल नगरपालिको देविथानमा सम्पन्न भएको संस्थाका अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिनुभयो ।
साधारणसभामा सँगै बनभोज कार्यक्रम पनि राखिएको थियो । बनेपा नगरपालिका वडा नं ३ मा रहेको बाटामुनि खानेपानी तथा सरसफाइ समितिले आफ्नो प्रथम साधारणसभा तथा बनभोज कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ।
साधारणसभाले बार्षिक कार्ययोजना सहित स्पष्ट नीति बोकेर संस्थाको हितमा कार्य गर्दै अगाडि बढ्दै जाने अध्यक्ष प्रल्हाद दाहालले कार्यक्रममा बताउनुभयो ।