निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

मदिरा व्यवसायी संघ काभ्रेले नवनिर्वाचित काभ्रे उद्योग बाणिज्य संघका पदाधिकारीहरुलाई बधाई दिएको छ।

  •   २ वर्ष अघि | ३० असार २०८१, शनिबार,     मणिराम दाहाल

बनेपा। काभ्रे उद्योग बाणिज्य संघमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई मदिरा ब्यवसायी संघ काभ्रेले बधाई तथा शुभकामना ब्यक्त गरेको छ ।


जिल्ला अध्यक्ष कुवेर सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघले ब्यवसायीहरुको हक हितमा सक्रिय भई लाग्न हौसला दिने उदेश्यले शुभकामना तथा बधाई कार्यक्रम आयोजना गरिएको बताए ।

अध्यक्ष कुवेर सापकोटा तथा उपाध्यक्ष बलराम श्रेष्ठ लगायतले संघमा निर्वाचित अध्यक्ष प्रताप बैद्य, बरिष्ठ उपाध्यक्ष रविन्द्र बैदार लगायत उपाध्यक्षहरु उमेश शाक्य र सुरेश भोक्षिभोया, महासचिव रजित पलाञ्चोके, कोषाध्यक्ष मानकाजी प्रधान लगायतका पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा महासचिव रजित पलाञ्चोके, बरिष्ठ उपाध्यक्ष रविन्द्र बैदार, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रताप बैद्यले उद्योगी ब्यवसायीहरुले भागिरहेका समस्या र समाधानका लागि सबै क्षेत्रको सक्रियता, उद्योगी ब्यवसायलाई सहज र सरल बनाउन खेल्नु पर्ने भूमिकाका बारेमा चर्चा भएको थियो  ।

थप