निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

काभ्रे जिल्ला अब पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

  •   १ वर्ष अघि | २३ असार २०८२, सोमवार,     एक्टिभ मिडिया

धुलिखेल / काभ्रेपलाञ्चोकलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।

जिल्ला खोप समन्वय समिति काभ्रेपलाञ्चोकले आइतबार धुलिखेलमा आयोजना गरेको कार्यक्रममा जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम र प्रदेश खोप समन्वय समितिका सदस्य सचिव रहेका स्वास्थ्य निर्देशक डा. नरेन्द्रकुमार झाले जिल्ला खोप समन्वय समिति काभ्रेका अध्यक्ष रहेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतम र सदस्य सचिव रहेका जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागीश्री कक्षपति श्रेष्ठलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

थप