काभ्रे /प्रेस चौतारी नेपाल काभ्रेले शुभकामना आदान प्रदान सहित स्व.प्रेस चौतारीका सदस्य रेखबहादुर रखालको परिवारला आर्थिक सहयोग हस्तान्तरण गरेको छ । अध्यक्ष केदार तिमल्सिनाको अध्यक्षतामा सम्पनन कार्यक्रममा पुर्व मन्त्री एवं नेकपा एमाले पोलिटब्युरो सदस्य गोकुल बास्कोटाको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रेस चौतारी नेपालका सदस्य स्व.रेखबहादुर रखालको निधन प्रति भावपूर्ण श्रञ्द्धाजली ब्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना सहित सदस्यहरुबाट संकलित २३ हजार ६ सय ५ रुपैया नगद उनका भाई मोहनबहादुर रखाललाई हस्तान्तरण गरिएको थियो ।