निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

कानुन विपरीत गर्नेलाई हामी कदापि छोड्दैनौ : "प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे "प्रहरी प्रमुख चक्रराज जोशी "

  •   ५ वर्ष अघि | २८ माघ २०७८, शुक्रबार,    

काभ्रेपलान्चोक । काभ्रेमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र प्रहरी प्रमुख एसपी चक्रराज जोशीले भन्नुभयो  कानुन विपरीतका गतिविधि गर्ने कसैलाई पनि नछाड्ने  प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
 जिल्ला प्रशासन कार्यालय काभ्रेले आयोजना गरेको ६ महिनाको प्रगति समीक्षा कार्यक्रममा बोल्दै प्रजिअ पाण्डे र एसपी जोशीले कानुन भन्दा आफुहरु पनि माथि नरहेको प्रष्ट्याउँदै कानुन विपरित गतिविधिमा संलग्नलाई संरक्षण नहुने  दाबी गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी पाण्डे र एसपी जोशीले घरेलु मदिराकै कारण समाजमा अपराधका घटना भइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्नु प्रशासनको दायित्व रहेको बताउनुभयो ।
एसपी जोशीले आफु सरुवा भएर आएको दिनदेखि यता मात्रै मदिरा सेवनकै कारण २ जनाको ज्यान गएको दाबी गर्नुभयो । ‘हामीले गरिब जनतालाई दुःख दिन खोजेका होइनौँ । तर कानुनले यसलाई बर्जित गरेको छ । कानुन अनुसार प्रहरीले नियन्त्रणमा लिनै पर्ने हुन्छ । 
विभिन्न समुदायको संस्कार, संस्कृतिका लागि चाहिने मदिरा प्र हरीले नियन्त्रण गर्दैन् । एसपी जोशीले भन्नुभयो ।’‘कानुन भन्दा बाहिर गएर कोहि कसैले काम गर्न खोज्छ भने त्यस्तो कार्यमा संलग्नलाई जिल्ला प्रशासन कार्यालयले कुनै छुट दिने छैन् । त्यस्ता ब्यक्तिलाई बचाउने कार्य कतैबाट हुने छैन् ।
 घरेलु मदिरकै कारण महिला हिंसा देखि सामाजिक अपराधका घटनामा बृद्धि भैरहेको छ । प्रजिअ पाण्डेले भन्नुभयो ।’

थप