काभ्रे । बनेपा नगरपालिका वडा नं ७ मा रहेको प्रभात बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं स्थापना दिवस एक कार्यक्रमका साथ सम्पन्न गरेको छ।
सहकारी हरुको भिडमा एउटा छुट्टै पहिचान बनाउन सफल प्रभात बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत खानिखोला गाउपालिकाको आठ जना छोरी भएका एक गरिब परिवार कि माइली छोरीलाइ +२ सम्मको निःशुल्क शिक्षा प्रधान गरि समाजमा उदाहरणीय कार्य गरेको स्थापना दिवसको अवसरमा अध्यक्ष सागरनाथ कपालीले बताउनुभयो ।
सहकारी ले सामाजिक कार्यलाई बढि महत्त्व दिदै आएको छ । कोरोनाका कारण कार्यक्रम हरु समय सापेक्ष गर्ने नसकेको अवस्थामा पनि केही कार्य भएको अध्यक्ष ले बताउनुभयो ।
संस्थाले नाफा मात्रै कमाउने उद्देश्य नराखी समाज रुपान्तरण मा पनि कार्य गर्ने गरेको छ। स्थापना दिवसमा केक काटेर १४ औं स्थापना दिवस भव्य रुपमा सम्पन्न गरेको छ।
स्थापना दिवसको अवसर पारेर बैठक समेत राखेको थियो। कार्यक्रममा सञ्चालक समिति ,उपसमिति ,कर्मचारी ,सेयर सदस्य हरुको उपस्थिति थियो ।