निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

दलित लक्षित कार्यक्रम अन्तर्गत बनेपा नगरमा २२ जना दलितले पाए "डिर्ल मेसिन"

  •   ५ वर्ष अघि | ६ माघ २०७८, बिहिबार,    

काभ्रे । बनेपा नगरपालिकाको दलित लक्षित कार्यक्रम अन्तर्गत नगर भित्र बसोबास गर्ने २२ जना दलित वर्गका व्यक्तिहरू लाई आज एक कार्यक्रम गरि  डिर्ल मेसिन वितरण गरिएको हो ।
 मेसिन वितरण कार्यक्रममा बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठ, उप-प्रमुख रेखा सापकोटा दाहाल,  प्रमुख प्रशासकीय अधिकृत  कविराज उप्रेतीको उपस्थिति मा दलित लक्षित कार्यक्रम अन्तर्गत नगर भित्रका सबै वडाका २२ जना दलित बर्गका ब्यक्तिहरुलाई डिर्ल मेशिन बितरण गरिएको हो।

यस्ता कार्यक्रमले व्यक्तिको मनोवलमा वृद्धि हुने र सीप अनुसार को  कार्य  गर्ने व्यक्तिलाई सहज हुने बनेपा नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत  कविराज उप्रेतीले बताउनुभयो ।

थप