काभ्रे । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले ‘तपाईको मास्क खोई ?’ कार्यक्रम सञ्चालन गरेको छ ।
‘६६ औ प्रहरी दिवस २०७८’ को अवसरमा आज (आइतबार) धुलिखेलको मुख्य बजार भकुण्डे चोकमा ‘तपाईको मास्क खोई“ भन्ने कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रमिला श्रेष्ठले जानकारी दिइन् ।
जिल्लामा कोरोना संक्रमणदर घटेपनि संक्रमणको जोखिम कायम नै रहेकाले कार्यालयले प्रहरी दिवसको अवसर पारेर जनचेतनामूलक कार्यक्रम गरिइएको उनले बताइन् । उनका अनुसार मास्क नलगाइ हिँडेका यात्रुलाई निःशुल्क मास्क वितरण पनि गरिएको थियो ।