काभ्रे । सक्षम बचत तथा ऋण सहकारी संस्थाको २८ औं साधारणसभा आज स्मार्ट प्यालेस बनेपामा सेयर सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको छ।
कार्यक्रममा संस्थाका अध्यक्ष रमेश काजि श्रेष्ठ सभापतिको भुमिकामा हुनुहुन्थ्यो भने प्रमुख अतिथि सहकारीमा लामो समय आफ्नो जीवन व्यतीत गर्नुहुने कैलाश भक्त प्रधानाङ्ग हुनुहुन्थ्यो ।
विशेष अतिथि नेप्सकुनका नवनिर्वाचित अध्यक्ष चन्द्र प्रसाद ढकालको उपस्थिती थियो ।
सुस्तमनस्तिथि भएका हरुलाई सेवा तथा उनिहरुको भविष्य बनाउन खोलिएको संस्थाले आज विभिन्न क्षेत्रमा कार्य गर्दै आएको र समाजमा राम्रो छाप छोड्दै गएको संस्थाका अध्यक्ष रमेश काजि श्रेष्ठले बताउनुभयो ।
सेयर सदस्य तथा साधारण सदस्यहरुको आर्थिक भविष्य मजभुत बनाउने संस्थाको उद्देश रहेको पनि संस्थाका अध्यक्षले जानकारी दिनुभयो ।
सक्षम बचत तथा ऋण सहकारी संस्थामा कुल सेयर सदस्य २०४० जना हुनुहुन्छ भने संस्थामा १३ प्रकारका बचत खाता हरु रहेको र सेयर पुजी ९८ लाख ,ऋणका ९ प्रकार ,संस्थाको १३ करोड ५२ लाख बचत ,संस्थाको ऋण लगानी ४ करोड ८७ लाख र आर्थिक बर्ष २०८०/८१ मा संस्थाको खुद नाफा १० लाख रहेको साधारणसभामा बताइएको छ।
साधारणसभा को अवसर पारेर नियमित बचत गर्ने ,बाल बचत र विभिन्न विधामा सम्मान तथा पुरस्कार वितरण गरिएको छ।