सौर्य बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक  साधारणसभा सम्पन्न 

  •   १ वर्ष अघि | २३ पुस २०७८, शुक्रबार,    

काभ्रे । सौर्य बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
आज एक कार्यक्रमको विच सहकारीका सेयर सदस्यहरू को उपस्थिति मा साधारणसभा सम्पन्न भएको हो।

 संस्थाका अध्यक्ष सुरेश श्रेष्ठको सभापतित्वमा कार्यक्रम सुरु भएको थियो ।कार्यक्रममा प्रमुख अतिथि काभ्रे बचत तथा ऋण सहकारी संस्था ली. का उपाध्यक्ष सागरनाथ कपालीले पानसमा बत्ती बालेर कार्यक्रम को उद्घाटन गर्नु भएको थियो ।कार्यक्रममा विशिष्ट अतिथि पत्रकार नवराज बजगाई, अतिथि हरु मनास्लु सहकारीका अजय हुमागाइ ,प्रभात बचतका उपाध्यक्ष फिरोज श्रेष्ठ ,लगायतका व्यक्तिहरुको उपस्थिति थियो ।
कार्यक्रममा काभ्रेपलान्चोक बचत संघका उपाध्यक्ष सागरनाथ कपालीले भन्नुभयो सहकारीमा सेयर सदस्य बन्नु अगाडि सहकारीको अबस्थाको जानकारी लिएर मात्र सदस्य बन्नुस् अनि मात्र कारोबार गर्ने बानि बसाल्नुस् काभ्रेमा धेरै वटा सहकारीले सेयर सदस्य डुबाएर भागेका छन्। 
तपाई हरु पनि पर्नुहोला उहाँले भन्नुभएको । कार्यक्रममा विशिष्ट अतिथि नवराज बजगाईले भन्नुभयो सहकारीको भिडमा सौर्य बचत राम्रो सहकारी हो । राम्रो कारोबार र सामाजिक उत्तरदायित्व बहन गर्ने संस्था भएकोले हामि नवौं वार्षिक साधारणसभा मनाउदै छौ ।

थप