पेट्रोल हाल्न नपर्ने स्कुटर सोरुम बनेपाको पुलबजारमा उद्घाटन 

  •   २ वर्ष अघि | १४ कार्तिक २०७८, आइतवार,    

बनेपा । काभ्रेको व्यापारिक नगरी बनेपाको पुलबजारमा इलेक्ट्रिक स्कूटर सोरुमको सुरुवात गरिएको छ । मुस्लिम आयोगका अध्यक्ष माननीय समिम मियाँ अन्सारीले रंजितकार इन्टरप्राइजेज सोरुमको उद्घाटन गर्नुभयो ।
उहाँले वातावरणसँगै पैसा जोगाउने र आत्मनिर्भर बनाउने इलेक्ट्रिक स्कुटरको सोरुम स्थापना भएसँगै यसले देशको अर्थतन्त्रलाई समेत फाईदा दिने भन्नुभयो । उहाँले नेपालको धेरै पैसा तेल तथा पार्टपुर्जामा बाहिर जाने गरेको समयमा यस्ता विद्युतीय उपकरण तथा भेइकल भि त्रनु राम्रो कुरा रहेको बताउनुभयो । उहाँले वातावरण जोगाउने र पैसा बचत गर्ने भएकाले यसको प्रयोग अत्यावश्यक भएको भन्नुभयो ।

बनेपामा अमर रंजितरकार र इमारान अन्सारीले सुरु गर्नुभएको काम निक्कै राम्रो रहेको बताउँदै यसको धेरै भन्दा धेरै प्रयोग गर्न सुझाव दिनुभयो ।
२० पैसामा एक किलोमिटर दौडन सक्ने तथा एक पटक चार्ज गरेपछि एक सय २० किलोमिटर दौडने स्कुटर सस्तो रहेको र यसले धेरैले फाईदा लिन सक्ने कार्यक्रममा जानकारी दिइएको थियो । यहाँहरु पनि वातावरण जोगाउन, सस्तो र आरामदायी सेवा चाहनु हुन्छ भने स्कुटरको सोरुम बनेपा पुलबजारमा खुलेको छ । त्यहाँ गएर हेर्न सक्नु हुनेछ ।

थप