युवाहरूलाई आत्मनिर्भर बनाउने नि:शुल्क तालिम- बरिस्ता

  •   ३ वर्ष अघि | ७ असोज २०७८, बिहिबार,    

काभ्रे , काभ्रेपलान्चोक जिल्लामा बनेपा नगरपालिका नेशनलईम्प्लोईमेन्टको बरिस्ता तालिम बनेपामा सञ्चालन गरिएको छ ।
नेपाल सरकार व्यावसायीक तथा सीप विकास तालिम प्रतिष्ठान भैँसेपाटि, ललितपुरको आर्थिक सहयोगमा नेशनल ईम्प्लोईमेन्ट ट्रेनिङ सेन्टर काठमाण्डौंको आयोजनामा बनेपामा बरिस्ता (कफि मेकर) तालिम आज उद्घाटन गरिएको हो ।
नेशनल ईम्प्लोईमेन्ट ट्रेनिङ सेन्टर काभ्रेका प्रतिनिधि कामदेव शाहको सभापतित्वमा, क्षेत्रिय होटल संघ काभ्रेका सचिव एवं सार्क महिला उद्यमी काउन्सिलका सदस्य जोस्ना सैजुको प्रमुख आतिथ्यतामा कार्यक्रममा कफि मेसिन अन गरेर तालिम कार्यक्रम उद्घाटन गरिएको थियो।
नेशनल ईम्प्लोईमेन्टको बारिस्ता तालिम ३९० घण्टा (दैनिक ६ घण्टा) ६५ दिन अवधिको हुने नेसनल ईम्प्लोईमेन्ट ट्रेनिङ सेन्टर काभ्रेका प्रतिनिधि कामदेव शाहले जानकारी दिए ।
तालिम समुद्घाटन कार्यक्रममा प्रेस चौतारि काभ्रेका अध्यक्ष भुवन रायमाझी, शैक्षिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवं स्राईम्स मिडिया प्रा लिंका संचालक शान्तमणि रिजाल, लायन्स प्रसन्न सेफ क्लबका अध्यक्ष मोहन गजुरेल , आईकोनिक साकोसका अध्यक्ष रोसन चौलागाईं, महिला उद्यमी मञ्चकी अध्यक्ष रामेश्वरी मानन्धर, रिलाईन्स लाईफ ईन्स्योरेन्सका प्रबन्धक नवीन बडाल , आदर्श बहुउद्देश्यीय सहकारी संस्था लिंका प्रबन्धक शिव के.सी, काभ्रे एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टका प्रबन्धक उमेश खड्का लगायतको उपस्थिति रहेको थियो ।

थप