जिल्ला सहकारी संघले आफ्नै सुविधा सम्पन्न भवन बनाउने

  •   ३ वर्ष अघि | २७ साउन २०७८, बुधबार,    

काभ्रे, जिल्ला सहकारी संघले आफ्नै सुविधा सम्पन्न भवन बनाउने भएको छ ।

जिल्ला सहकारी संघले निर्माण गर्न लागेको भवनको शिल्यान्यास गरिएको छ । संघले बनेपा सहकारी चोकमा रहेको जग्गामा पूर्व अध्यक्ष माधवनारायण जोशी, कुलचन्द्र अधिकारी, मुकुन्दप्रसाद दाहाल, शुभप्रसाद अधिकारी, सोमप्रसाद हुँमागाई, विनोद पराजुली, वर्तमान अध्यक्ष दिलिप शर्माले संयुक्त रुपमा भवन शिल्यान्यास गरेका छन । सहकारीहरुको छाता संस्था जिल्ला सहकारी संघको अत्याधुनिक भवनको शिल्यान्यास भएसँगै सहकारीकर्मीहरुमा खुसी छाएको हो ।

जिल्ला संघको भवन निर्माणको काम एक बर्षमा पुरा हुने लक्ष्य लिइएको संघका अध्यक्ष दिलिप शर्माले जनाए । खानी निर्माण सेवा प्रा.लि.ले चार करोड १९ लाख ७६ हजार रुपियाँमा ठेक्का सम्झौता गरी काम सुरुवात गरेको संघले जनाएको छ । ४ करोड १९ लाख मध्ये ५० प्रतिशत संघ तथा ५० प्रतिशत सहकारी बिभागको लगानी हुनेछ ।

थप