निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

धुलिखेल नगरले सामुदायिक विद्यालयमा अध्ययन गराएबापत करमा १० प्रतिशत छुट दिने

  •   ५ वर्ष अघि | १४ असार २०७८, सोमवार,    

काभ्रे,जिल्ला धुलिखेल नगरपालिकाले आयोजना गरेको नगर सभाको नवौं अधिबेशनबाट पारित गरिएका विशेष प्रस्ताव  निम्न अनुसार छन्।

१ उद्योग सञ्चालन गर्न लिजमा जग्गा उपलब्ध गराउने 

२ लिक्वीड ग्यांस उद्योग स्थापना

३ मञ्जुश्री पार्क तथा तामाङ संग्रहालय निर्माण

४ धुलिखेल, श्रीखण्डपुर र ईटेलाई बिशेष संरक्षित क्षेत्र बनाउने

५ श्रीखण्डपुरको २०३४ सालको नापीमा नापी हुन छुट जग्गाहरुको नापजाँच गर्ने सम्बन्धमा 

६ वि.पि.हाईवेको दायाँ बायाँ १०-१० मिटर मुआब्जा सहितको अधिग्रहण सम्बन्धमा 

७ पर्यटकमैत्री शहर घोषणा र सोको कार्यक्रम सम्बन्धमा

८ सूर्यविनायक देखि धुलिखेलसम्म ६ लेनको सडक निर्माण गर्ने

९ धुलिखेलको उपयुक्त स्थानमा स्मार्ट प्रबिधि सहितको कृषि उपज बजारस्थल निर्माण गर्ने

१० धुलिखेल नगरमा ब्यवस्थित बधशाला निर्माण

११ धुलिखेल नगरमा माउण्टेनियरिङ स्पोर्टस् सेन्टर निर्माण

१२ धुलिखेल नगरक्षेत्रलाई सबैप्रकारका बन्द हड्ताल मुक्त शहर घोषणा

धुलिखेल नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका अभिभावकलाई करमा प्रतिशत छुट दिने भएको छ । 

 

 साथै नगरसभाबाट पारित प्रस्ताव नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका अभिभावकलाई करमा १० प्रतिशत छुट दिने निर्णय धुलिखेल नगरपालिकाको नवौँ नगरसभाबाट पारित भएको नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जु (श्रेष्ठ)ले जानकारकी दिए ।

 

नगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण बृद्धि गर्नका लागि अभिभावकलाई करमा १० प्रतिशत छुट दिने कार्यक्रम ल्याएको नगरप्रमुख श्रेष्ठले बताए । ‘पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या कम हुदैँ गएकाले नगरपालिकाले करमा छुटको कार्यक्रम ल्याएको हो,’ उनले भने,‘यस कार्यक्रमले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्यामा बृद्धि हुनुको साथै आभिभावकमा पनि आर्थिक भार कम हुने लक्ष्य लिएको छ ।’

 

 नगरपालिकाले गरेको यस निर्णय श्रावण महिनाबाट लागू हुने उनले जानकारी दिए ।

धुलिखेल नगरपालिकाले आगमी आर्थिक वर्षको लागि शिक्षामा विशेष कार्यक्रमहरु ल्याएको छ । जसअन्र्तगत नगरपालिकाले ‘एक वडा एक प्राविधिक विद्यालय’ निर्माण गर्ने योजना बनाएको नगरप्रमुख श्रेष्ठले बताए । उनका अनुसार आगामी आर्थिक वर्षमा तामाङ र नेवार समुदायलाई लक्षित गरी मातृभाषाको विद्यालय बनाउने नगरपालिकाको योजना छ । यसका साथै ‘एक शिक्षक एक ल्यापटप साझेदारी कार्यक्रम’ पनि रहेको छ ।

थप