के तपाईंको घरमा चुलो बलेको छैन :सम्पर्क गर्नुस् नि:शुल्क खाद्यान्न घरमै

एमालेका युवा नेता रत्नकुश रन्जितले ५०० घरधुरी लाई नि:शुल्क राहत वितरण गर्ने

  •   ३ वर्ष अघि | १९ जेष्ठ २०७८, बुधबार,    

काभ्रे, जिल्ला बनेपा नगरपालिका मा कोरोना भाइरस को जोखिम बढेसंगै यस भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या  बढ्दै जादाँ बनेपा नगरपालिकाले  निषेधाज्ञा लगाएको थियो।
उक्त निषेधाज्ञा पछि मजदुर गर्ने ,दैनिक ज्यालादारी गर्ने श्रमिक हरु लाई अफ्ट्यारो नपरोस् भनेर बनेपाका सफल युवा व्यवसायी , एमाले बनेपाका सक्रिय राजनीति का युवा नेता, समाजसेवी रत्नकुश रन्जित ले आफ्नै घरबाट दैनिक जीवन यापनमा कठिनाई भएका परिवारलाई जे कुराको कमि छ । सो कुरा उपलब्ध गराउदै आउनुभएको छ।

एमालेका युवा नेता, रत्नकुश रंजितले कोभिड–१९ को प्रभावले समस्यामा परेकाहरूलाई आफ्नो घरबाटै   खाद्यान्न र दैनिक उपभोग्य बस्तुको सहयोग गर्ने सुरु गर्नुभएको छ।
कोहि कसैलाई उहाँले  नगद सहयोग समेत सहयोग गर्नुभएको छ ।
बनेपा नगर क्षेत्र आसपासमा दैनिक मजदुर  गरेर परिवार लाई पाल्दै  आएका गरिब परिवारलाई सहयोग  गर्ने उहाँले  बताउनुभयो  ।
बनेपा नगर क्षेत्र भित्र जनागाल, भैंसेपाटी नयाँबस्ती र अन्य ठाउँमा बसोबास गर्दै आएका श्रमिक, अपाङ तथा जेष्ठ नागरिकहरूलाई दाल, चामल, तेल, नुन, साबुन, चिनी, चिउरा, दामोट र मस्यौरा लगायतका सामान आफ्नो निवासबाट नै वितरण गर्नुभएको छ ।

कोरोना संक्रमणको दर  बढिरहेको अवस्थामा संक्रमण रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले नगर क्षेत्र शिल गरेपछि दैनिक छाक जोड्न समेत धौ–धौ भएका करिब ५०० परिवारलाई खाद्यान्न र नगद वितरण गर्ने लागेको उहाँले जानकारी गराउनुभयो ।

कोरोनाको जोखिम हुन नदिन गतवर्ष जारी लकडाउनमा पनि उहाँले नगरपालिका लाई आइसोलेसनको लागि २० बेड दिनुभएको थियो ।
काभ्रे भिमसेन मन्दिर स्थलको लागि खानेपानीको पाइप र ट्याङ्की समेत उहाँले दिनुभएको थियो।
समस्या परेका व्यक्तिले उहाँको यो नम्बरमा सम्पर्क गरि आफ्नो समस्या समाधान गर्ने सक्नुहुनेछ ।
नोट:तपाईंको के आवश्यकता हो उहाँले कुपन पठाउनुहुन्छ ।
फोन नम्बर: +9779851084532

थप