बागमती प्रदेश सहकारी समन्वय उपसमितिको प्रथम वैठक सम्पन्न

  •   ३ वर्ष अघि | ९ बैशाख २०७८, बिहिबार,    

काभ्रे, राष्ट्रिय सहकारी महासंघ लि., बागमती प्रदेश सहकारी समन्वय उप समितिको प्रथम बैठक जिल्ला सहकारी संघ लि. को व्यवस्थापन तथा संयोजनमा धुलिखेलमा सम्पन्न भएको छ ।

समन्वय उप समितिका संयोजक तथा राष्ट्रिय सहकारी महासंघ लि. का सञ्चालक सदस्य डि.बि बस्नेतज्यूको अध्यक्षतामा भएको उक्त बैठकमा महासंघ लि.का अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यता, संघका निबर्तमान अध्यक्ष केसवप्रसाद बडालज्यूको बिशिष्ट आतिथ्यता र उपाध्यक्ष रमेशप्रसाद पोखरेलको आतिथ्यतामा भएको थियो । पानसमा दीपप्रज्वलन गरी कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी तथा महासंघका अध्यक्ष मिनराज कँडेलले गरेका थिए ।

राष्ट्रिय सहकारी महासं लि. ले सहकारी अभियानको ईतिहासमा नै ७ वटै प्रदेशमा यस्तो खालको उप समिति निर्माण गरी सहकारी अभियानको संस्थागत सुशासन, पारदर्शिता सहित सहकारीको प्रवद्र्धन र विकास गर्ने उद्देश्यका साथ अगाडि बढाएको हो । ७ प्रदेशमा नै पहिलो बैठक भएको हुँदा अभियानले यो बैठक निकै महत्व मानिएको छ । ५ वटा भन्दा बढी विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

प्रदेशमा सहकारीका क्षेत्रमा जिल्लामा देखा परेका समस्या, प्रवद्र्धन, विकास तथा समस्याका समाधानहरुका बारेमा विभिन्न विषयमा छलफल भएको उक्त बैठकमा १५ वटा भन्दा बढी सहकारीका क्षेत्रमा आगामी दिनमा कार्य सञ्चालन गर्ने महत्वपूर्ण निर्णय भएको छ । कार्यक्रममा महासंघ लि.को तर्फबाट बागमती प्रदेश सहकारी अनुगमन प्रतिवेदन डि.बि.बस्नेत, महासंघ लि. का महा प्रवन्धक चित्राकुमारी थाम्सुहांङले राष्ट्रिय सहकारी महासंघले संघहरुको लागि प्रवद्र्धनमा गरेका प्रयास तथा कार्यहरुका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

उक्त बैठकमा राष्ट्रिय सहकारी बैंकका बद्री गुरागाँई, केन्द्रिय बचत तथा ऋण सहकारी संघ, केन्द्रिय कृषि सहकारी संघहरुले बागमती प्रदेशमा भएका प्रगती र आगामी दिनमा गरिने क्रियाकलापहरुका बारेमा प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केसवप्रसाद बडालले सहकारीहरु उत्पादनसँग जोडिदै अगाडि बढ्न र सहकारी दर्शन, नीति र सिद्धान्तका आधारमा चलाउन प्रत्येक जिल्ला सहकारी संघहरुले पहल गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।

महासंघ लि.का अध्यक्ष मिनराज कडेलले यो कार्यक्रम वास्तवमै महासंघ लि. को पहिलो कार्यक्रम भएको र निकै उत्कृष्ट रहेको र सोचे भन्दा राम्रो भएकोमा सबैलाई शुभकामना दिए । त्यस्तै जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्माले जिल्ला सहकारी संघ लि. काभ्रेले सहकारी प्रति गर्दै आएको कार्यहरुको चर्चा गरेका थिए । साथ र सहकार्यका लागि सम्पूर्ण सहकारी संघ संस्थालाई उनले धन्वाद व्यक्त गरे ।

कार्यक्रममा बागमती प्रदेशमा रहेका १३ वटै जिल्लाका जिल्ला सहकारी संघका अध्यक्षहरु, विषयगत संघका उप समितिमा मनोनयन भएका अध्यक्ष, प्रदेश सहकारी संघ लि. का अध्यक्ष तथा प्रदेश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षहरु, प्रदेश संघ, बागमती प्रदेश संघ, बागमती प्रदेशका १३ वटा जिल्ला सहकारी संघका सहित ४० जनाको सहभागिता रहेको थियो ।

थप