काभ्रे उद्योग वाणिज्य संघको अध्यक्ष उम्मेदवार राजेन्द्र पसछे र महासचिव रविन्द्र वैदार

  •   ३ वर्ष अघि | १९ फाल्गुन २०७७, बुधबार,    

काभ्रे, उद्योग  वाणिज्य संघको आसन्न  निर्वाचनको सन्दर्भमा अध्यक्ष पदका उम्मेदवार राजेन्द्र पसछें र महासचिव पदका उम्मेदवार रविन्द्र वैदार प्यानल सहित  उम्मेदवारी घोषणा भएको छ। 
निर्वाचन यहि आउदो २२ गते शनिबार हुने छ। 
अर्को अध्यक्ष उम्मेदवार वसन्त नारायण  भोछिभोया र उहाँको प्यानल सहित निर्वाचन मा जाने तयारी भएको बताइएको छ।  
काभ्रे वाणिज्य संघको ४१ जना कार्यसमिति रहने गरि निर्वाचन को तयारी भएको र केही पद हरु निर्विरोध भईसकेको पनि जानकारी मा आएको छ।  अध्यक्ष पदमा उम्मेदवार दिने राजेन्द्र पसछें विगत २२ बर्ष अगाडि देखि काभ्रे उद्योग वाणिज्य संघ  संग आवद्ध भई धेरै नै कार्य हरु गर्दै आउने उम्मेदवार मा पर्नुहुन्छ । 

महासचिव पदका उम्मेदवार  रविन्द्र वैदार सफल युवा व्यवसायी काभ्रे उद्योग वाणिज्य मा पुरानो अनुभव र युवा जोस जागर र समाजमा परिवर्तन का लागि असल भुमिका निर्वाह गर्ने सक्ने सबल र सक्षम व्यक्तित्व मा पर्नु हुन्छ । उहाले उद्योग वाणिज्य लाई व्यवस्थित गर्ने को लागि र विकास गर्ने को लागि उहाको प्यानल सहितको जित अनिवार्य रहेको छ।

थप