रोशि गाउँपालिकामा भु-सेवा केन्द्र स्थापना

  •   ३ वर्ष अघि | १६ माघ २०७७, शुक्रबार,    

काभ्रे,  जिल्लाको रोशी गाउँपालिकामा भू-सेवा केन्द्र स्थापना भएको छ । रोशी गाउँपालिकाले हिउँदे अधिवेसनको अवसर पारेर भू-सेवा केन्द्रको स्थापना गरेको हो । काभ्रेका स्थानीय तहमध्ये रोशी गाउँपालिका तेस्रो भू-सेवा केन्द्रको रुपमा स्थापना भएको हो ।

रोशी गाउँपालिकाका अध्यक्ष डि.बी लामा र प्रमुख मालपोत अधिकृतले संयुक्त रुपमा भू-सेवा केन्द्र स्थापनाको शुभारम्भ गरेका थिए । शुभारम्भ कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी बर्तौला, प्रमुख प्रशासकीय अधिकृत डम्बर प्रसाद दाहाल, वडा अध्यक्ष लगायत कार्यपालिकाका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

सरकारले जग्गा पास गर्न चाहिने निवेदन र लिखित स्थानीय तहबाट नै गर्ने निर्णय गरेपछि काभ्रेमै पहिलो पटक पाँचखाल नगरपालिकामा, त्यसपछि नमोबुद्ध नगरपालिकामा भू-सेवा केन्द्र स्थापना भइसकेको छ । सरकारले यो वर्षभित्र ६० वटा मालपोत कार्यालयको काम स्थानीय तहमार्फत गर्ने निर्णय गरेको थियो । अहिले पहिलो चरणमा स्थानीय तहहरुले अनलाइनमा भएको फारम भरेर मालपोत कार्यालयमा निवेदन र लिखित पठाउनुपर्नेछ ।

स्थानीय तहले निवेदन र लिखित फारम भरिसकेपछि मालपोतको अनलाइनमा अपलोड गर्नुपर्नेछ । मालपोत कार्यालयले गत वर्ष ५२ जना र यो वर्ष ३ जना व्यक्ति तथा कानुन व्यवसायलाई अनुमति दिएको थियो । मालपोत कार्यालयले स्थानीय तहका कर्मचारीहरुलाई भू-सेवाले गर्ने काम गराउनको लागि प्रारम्भिक चरणमा तालिम दिइसकेको छ ।

थप