सामुदायिक सहकारीको २७ औँँ स्थापना दिवस सम्पन्न

  •   ३ वर्ष अघि | १४ माघ २०७७, बुधबार,    

काभ्रे , जिल्लाको पनौती नगरपालिका वडा नं ४ टौखालमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २७ औं स्थापना दिवस संस्थपना दिवस समापन भएको छ । संस्थाका अध्यक्ष प्रकाश बन्जाराको सभापतित्वमा एवं राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न  भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले पानसमा दिप प्रज्वलन गरि समुदघाटन गर्नुभएको  थियो। कार्यक्रममा २७ औं स्थापना दिवसको प्रतिकको रुपमा २७ वटा दिप सम्पूर्ण अतिथिहरुबाट प्रज्वलन गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
 
कार्यक्रममा नेफ्स्कुन अध्यक्ष परितोष पौडेल सम्मानित हुने सवैलाई बधाई दिदैँ आगामि दिनहरुमा संस्थाको अझै विकास र विस्तारको लागि शुभकामना दिएका थिए । त्यस्तै वागमती प्रदेश सहकारी संघ लि. का अध्यक्ष राम शरण शर्मा घिमिरेले संस्थाको योगदानको आभार ब्यक्त गर्दै सामुदायिक जिल्लाकै सहकारीहरुमा गुणात्मक कार्य गर्न सफल सहकारी भएकोमा संस्थालाई दिनुको साथै शुभकामना पनि दिएका थिए ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माले योजनाबद्ध रुपमा समुदाय तथा कृषक सदस्यहरुको हितका कार्यक्रमहरुलाई निरन्तरता दिँदै अगाडि बढ्न सफल्ताको शुभकामना दिएका थिए । कार्यक्रमको समापनमा संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष प्रकाश बन्जाराले संस्थाले सदस्य र समुदायको आर्थिक तथा सामाजिक स्तर उन्नतिमा योगदान गर्दै आएको र यस अभियानमा प्राप्त सल्लाह सुझावहरुलाई नीति र विधि अनुरुप लागूगर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।
स्थापना दिवसको अवसरमा संस्था र नेपाल रेडक्रस सोसाइटी, काभ्रेको सहकार्यमा आयोजित रक्तदान कार्यक्रमा ३७ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।
कार्यक्रम मा उत्कृष्ट बचत कर्ता , नियमित बचतकर्ता , खुत्रुके बचत कर्ता , मध्ये बाट उत्कृष्ट लाई विषेश सम्मान गरिएको थियो

थप