काठमाडौ ,नेपाल डेरी एसोसियसनले दुध र दुग्धजन्य उत्पादन ढुवानीमा टाईमा कार्डको व्यवस्था हटाउन माग गरेको छ ।
एसोसियसनले आईतबार विज्ञप्ती जारी गर्दै टाईम कार्ड व्यवस्था अव्यवहारिक रहेको भन्दै हटाउन माग गरेको हो । बिहान १० बजे भित्र ढुवानी गरिसक्नुपर्ने व्यवस्थाले दुग्धजन्य वस्तु ओसारपसार गर्न असहज हुने भन्दै यो व्यवस्था हटाउन एसोसिएसनले माग गरेको हो । 
औषधी र खानेपानी ढुवानीलाई छुट दिएजस्तै डेरी क्षेत्रलाई पनि समयसिमा नतोकी बिना रोकतोक संचालन गर्न दिनका लागि एसोसिएसनले सरकार समक्ष जोडदार माग गरेको कुरा महासचिव प्रल्हाद दाहालद्वारा हस्ताक्षरित प्रेस रिलिजमा उल्लेख गरेको छ ।