काभ्रे । सक्षम बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २६ औं बार्षिक साधारण सभा विविध कार्यक्रम गरि मनाएको छ।
हिजो चण्डेश्वरी नजिकै रहेको सोपु हिटी प्यालेसमा आफ्नो वार्षिक साधारणसभा भव्य रुपमा सदस्यहरू बिच रहेर गरेको हो।
कार्यक्रम मा भूषण भुमि द्वारा लिखित "मेराे बनेपा- मेराे गाैरब" गीत लोकार्पण समेत भएको थियो । कार्यक्रमा प्रमुख अतिथी सहकारी विज्ञ कैलाश भक्त प्रधानाङ बाट पानसमा दिप बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा सभापति रमेश काजि मानन्धर ,विशेष अतिथिहरु हास्यकलाकार मदनदास श्रेष्ठ ,संस्कृति विद ज्ञान काजि मानन्धर , प्रेस काउन्सिल का अध्यक्ष बालकृष्ण बस्नेत ,जिल्ला बचत संघ भक्तपुर का सन्तोषी खतिवडा सहित विभिन्न व्यक्तिहरुको उपस्थिति मा साधारणसभा सम्पन्न भएको थियोे ।
साधारणसभा मौलिक र संस्कृति जोगाउने खालको भएको र संस्थाले विभिन्न तहका कर्मचारीहरूलाई बोनस र प्रोत्साहन रकम समेत वितरण गरेको थियो ।
सक्षम बचत तथा ऋण सहकारी संस्थाले विभिन्न तहका व्यक्तित्व हरुलाई सम्मान र कदर पत्र समेत वितरण गरेको थियो ।